चुनावी सभालाई कांग्रेसका महामन्त्री शर्मा र सिटौलाको सम्बोधन

झापा, २५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आज गठबन्धनको चुनावीसभालाई संयुक्त सम्बोधन गर्नुभएको छ ।

चन्द्रगढीमा लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वार्ड नं ७, ८, ९ र १० द्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ का उम्मेदवार शर्मा र क्षेत्र नम्बर ३ का उम्मेदवार सिटौलाले सम्बोधन गर्नुभएको हो । उहाँहरू दुवै जनाले गठबन्धन चुनावका लागि मात्र नभएर निर्वाचनपछि पनि निरन्तर रहने बताउनुभयो ।

नेता सिटौलाले मुलुकको आमूल परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा मात्र सफल भएको भन्दै क्षेत्र नं ३ बाट जनताका लागि पनि आफूले जित्नै पर्ने बताउनुभयो ।

यसैगरी काग्रेस महामन्त्री शर्माले देशमा सुशासन कायम गर्दै भ्रष्टाचार नियान्त्रण गर्न गठबन्धनको जित आवश्यक रहको बताउनुभयो । उहाँले झापा क्षेत्र नं १ को शिक्षा, स्वास्थ्यलगायतका विकास निर्माणका लागि आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । उहाँले विगतको केपी ओली नेतृत्वमा रहेको सरकारका कारण मुलुकले विभिन्न सङ्घर्ष गरेर ल्याएको संविधान धरापमा पर्ने अवस्थामा गठबन्धनले संविधानलाई जोगाएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेदवार सरिता प्रसाईं, प्रदेशसभातर्फका उम्मेदवारहरू श्यामवीर लिम्बू, गोपाल तामाङ, भूमिप्रसाद राजवंशीलगायतले संविधानको संरक्षण र विकासका लागि गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।