खोटाङका राजेशले जिते सिंगिङ सुपरस्टारको पहिलो उपाधि

खोटाङ । खोटाङका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका राईले भ्वाईस स्टार नेपालले निर्माण गरेर ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जितेका हुन् । 

    आइतबार भएको फिनालेमा प्रथम स्थान प्राप्त गरेका गायक राईले २० लाख नगद र म्युजिक नेपालसँग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् । उनी विगत १३ वर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत छन् । फिनालेमा नामगेल लामा फस्ट रनर अप र दीपक सापकोटा सेकेन्ड रनर अप भएका छन् । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो । 

खोटाङमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा
खोटाङ, २९ कात्तिक (रासस): आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले )का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ ।

गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ र नेकपा (एमाले)बाट विशाल भट्टराई उम्मेदवार हुनुहुन्छ । विसं २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित हुनुभएको थियो ।

विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित हुनुभएका भट्टराई विसं २०७० र २०७४ मा विजयी हुनुभएको थियो ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा (२)मा छ नेता चुनावी मैदानमा उत्रनुभएको छ ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तह वाम–लोकतान्त्रिक गठबन्धनले जितेका थियो ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा वाम–लोकतान्त्रिक गठबन्धनको ४७ हजार पाँच सय १३ मत छ । एमालेको २८ हजार सात सय ९७ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको मतलाई आधार मानेर हेर्दा प्रदेशसभा (१)मा कांग्रेस १६ हजार नौ सय ३४, माओवादी केन्द्रको आठ हजार चार सय २४ र एकीकृत समाजवादीको एक हजार एक सय २६ गरी गठबन्धनको २६ हजार चार सय ८४ मत छ । एमालेको १३ हजार दुई सय ५९ मात्र छ ।

स्थानीय तहको चुनावमा वडाध्यक्षको मतका आधारमा प्रदेशसभा (२) मा गठबन्धन नै अगाडि छ । माओवादीको १० हजार तीन सय १२, कांग्रेसको नौ हजार छ सय ९९ र एकीकृत समाजवादीको एक हजार १८ गरी २१ हजार २९ मत खसेको थियो । एमालेको भने १५ हजार पाँच सय ३७ मत छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।