बिर्तामोडमा ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करण हुने, पहिलो अडिसन मंसिर १० गते

इटहरी । विगतमा सफल रुपमा संचालन भएको बालबालिकाको सौन्दर्यता र क्षमता प्रष्फुटनमा आधारित सौन्दर्य प्रतियोगिता ‘पुर्वान्चल लिटिल स्टार’ को चौथो संस्करण हुने भएको छ ।

साईमन फिल्मस एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालीको आयोजनामा हुने यो प्रतियोगितालाई राठी केबलले मुख्य प्रायोजन गर्ने भएको छ । यो प्रतियोगिताको पहिलो अडिसन आगामी मंसिरको १० गते सनिवार हुदैछ । बिर्तामोडको सनिश्चरे रोडमा अवस्थित सरगम संगीतालयमा दिनको १ बजेदेखि ५ बजेसम्म अडिसन समय तोकिएको छ । बालबालिकाहरुको सौन्दर्यतासंगै क्षमता अभिबृद्धी तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने मुख्य उद्देश्य रहेको आयोजक साईमन राजबंशिले बताए । प्रतियोगितामा ७ देखि १५ वर्ष उमेर समुहका बालबालिकाले सहभागी हुन पाउने राजबंशिको भनाइ छ ।

बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित ‘साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बई’ले यसअघि ‘पुर्वान्चल लिटिल स्टार’ को ३ ओटा संस्करण सफलतापुर्बक सम्पन्न गरिसकेको छ । यहि कम्पनीबाट ‘फ्लायर्स फिल्म अवार्ड’ आयोजनाको पनि घोषणा गरेको छ । हाल गर्न लागिएको ‘पुर्वान्चल लिटिल स्टार’ को चौथो संस्करणमा आवेदन फारम ५०० तथा तालिम शुल्क १५ हजार तोकिएको छ । सहभागी हुन इच्छुकका लागि आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । यसबारे बुझ्नका लागि ९८११३५९८४७ र ९८१६५९६६९१ मा सम्पर्क गर्न सकिनेछ । त्यस्तै बिजेता तथा उप-बिजेताहरुले ३ लाख लागतमा बन्ने हिन्दी गीतको म्युजिक भिडियोमा फिचर्ड हुने मौका समेत पाउनेछन् । साथै अन्य आकर्षक पुरस्कार तथा अवार्ड र क्राउन प्रदान गरिने छ । यसमा तेश्रो संस्करणका सहभागीहरुलाई पनि फिचर्ड गराइने साइमनको भनाइ छ ।

जुन गीतलाई ईन्डियाको सारेगमप लिटिल च्याम्प्समा पुगेर तहल्का पिटेका बालगायक प्रितम आचार्यले गाएका छन् । भिडियोको केही प्रतिशत छायांकन पनि सम्पन्न भैसकेको छ । ‘पुर्वान्चल लिटिल स्टार’को कोरियोग्राफरको रुपमा अशिमा दूतराज रहनेछिन् । उनी फेसन मोडल हुन भने पुर्वान्चल लिटिल स्टारको यसअघिका सम्पुर्ण संस्करणको कोरियोग्राफी गरेकी छन् । यो कार्यक्रमको निर्देशक समेत रहेका साईमन नेपाली तथा भोजपुरी म्युजिक भिडियो उधोगका चिनिएका कोरियोग्राफर हुन् । थुप्रै नेपाली फिल्मको गीतहरुमा समेत कोरियोग्राफी गरेका उनले हिन्दी गीतहरुमा पनि कोरियोग्राफी गरेका छन् । उनको बलिउडमा जि टिभीको कोरियोग्राफर भएर काम गरेको अनुभव छ भने अभिजित शावन्त, प्रशान्त तामाङलगायतका सेलेब्रेटीहरुसंग पनि काम गरेका छन् ।

‘पुर्वान्चल लिटिल स्टार’को अफिसियल भिडियोग्राफी पार्टनर ‘परिकला फोटोग्राफी’, फोटोग्राफी पार्टनर क प्रोडक्सन रहेको छ भने मिडिया कोअर्डिनेटर तथा अफिसियल भिडियोग्राफर सुवास श्रेष्ठ संकल्प हुन् । डिथ्री अनलाइन, विशेष अनलाइन, सुर्योदय टेलिभिजन अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ । कार्यक्रम अवधिभरमा सहभागीहरुले कोरियोग्राफी तथा सौन्दर्यता सम्बन्धी तालिम प्राप्त गर्ने छन् ।

त्यसैगरी फिनालेको समयमा आयोजकका तर्फबाट सम्पुर्ण सहभागीलाई ड्रेसको तयारी, ट्रेनिङ टि-सर्ट, प्रोफेसनल फोटोसुट, नृत्य तथा संगीतको कक्षा, सेलेब्रेटीहरुसंग भेट, मोटिभेसनल, पर्सनालिटी डेभलपमेन्ट, मास-कम्युनिकेसन लगायतको अवसर प्रदान गरिनेछ । सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिनुका साथै बन्न लागेको चलचित्र ‘प्रधान द लिडर’ खेल्ने मौका समेत आयोजकले प्रदान गर्ने भएको छ । यो चलचित्र हिन्दी, नेपाली, भोजपुरी र राजबंशी गरि ४ भाषामा तयार हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।