भोजपुरमा साहित्यकार र कलाकार चुनावी प्रचारमा

टक्सार (भोजपुर), २९ कात्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढेको छ । चुनावी प्रचारमा साहित्यकार र कलाकारहरुको टोली भोजपुर आइपुगेको छ ।

योजना आयोगका पूर्वसदस्य डा शिवकुमार राई, भूपूगोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष मनिकुमार राई, वरिष्ठ कवि तथा गीतकार भूपाल राई, मदन पुरस्कार विजेता वरिष्ठ आख्यानकार तथा गीतकार राजन मुकारुङ, सङ्गीतकार पारस मुकारुङ, गायक भीषण मुकारुङ, गीतकार शुभ मुकारुङ, गायिका बबिना राई, गायक तथा हास्यकलाकार हिरण राई, गायक रवीन्द्र राई लगायतको टोली चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।

भोजपुरे जनताले विकास र समृद्धिको बाटोमा लाग्ने जुझारु उम्मेदवारहरु अघि सारेका कारण ती उम्मेदवारका पक्षमा मत माग्न भोजपुर आएको उहाँहरुको भनाइ छ । उहाँहरुले गीतसङ्गीत, कविता, लेख, विभिन्न सामाजिक सञ्जालहरुको माध्यमबाट मत माग्दै अहिले भौतिकरुपमा नै जनताको घरदैलोमा पुगी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरिरहनुभएको छ ।

भोजपुरमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभाका लागि सुदन किराती, प्रदेशसभा (१) का लागि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र प्रदेशसभा (२) तर्फ कांग्रेस भोजपुर सभापति विनोद राई उम्मेदवार रहनुभएको छ । नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभाका लागि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेशसभा (१) का लागि केन्द्रीय सदस्य हरिबहादुर र प्रदेशसभा (२) मा प्रदेश कमिटी सदस्य खड्गबहादुर कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि १२, प्रदेशसभा (१) मा सात र प्रदेशसभा (२) मा छ गरी २५ जना चुनावी मैदानमा हुनुहुन्छ । भोजपुरमा ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ महिला र अन्य एक गरी कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖