ओली बुधबार सुनसरी आउने

विराटनगर । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली बुधबार सुनसरी आउने भएका छन् । उनी सुनसरीमा हुने आमसभा कार्यक्रममा सहभागी हुन आउने भएका हुन् ।

एमाले प्रदेश १ का कार्यालय सचिव नरेन्द्र बरालका अनुसार अध्यक्ष ओलीले सुनसरी जिल्लाको लोकहीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सो आमसभा एमाले सुनसरी जिल्ला निर्वाचन परिचालन समिटीले आयोजना गरेको हो । सो कार्यक्रम बुधवार दिउँसो २ बजे हुने समय निर्धारण गरिएको छ ।

प्रदेश १ मा यो नै एमालेको यसपटकको निर्वाचनमा अन्तिम आमसभा हुनेछ । यसअघि मंसिर १ गते प्रदेश १ का मोरङ, संखुवासभा, पाँचथर जिल्लामा आमसभा गर्ने गरी प्रदेश निर्वाचन परिचालन कमिटीले कार्यक्रम तय गरेको थियो । ती जिल्लाका कार्यक्रमहरु समय अभावले स्थकित गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖