प्रारम्भिक मतगणनामा एमालेकाे ५ र कांग्रेसकाे ३ स्थानमा अग्रता

काठमाडाैं,  ५ मंसिर । मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ । जसअनुसार ५ स्थानसहित नेकपा एमालेकाे ५ स्थानमा र नेपाली कांग्रेसकाे ३ स्थानमा अग्रता रहेको छ। 

जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिईरहेको छ ।

मधेस प्रदेशः ः धनुषा–३ मा मतगणना जारी
जनकपुरधाम, ५ मङ्सिर (रासस) ः मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ ।

अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ । उहाँका अनुसार यहाँ नेकपा (एमाले)का उम्मेदवार जुली महतो छ सय आठ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १० मतसहित तेस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह तीन सय २० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

धनुषाका निर्वाचन क्षेत्र १, २ र ४ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले सर्वदलीय बैठकको निर्णयअनुसार अहिले १० बजेपछि मतगणनाको तयारी भइरहेको पनि बताउनुभयो ।

त्यसैगरी सर्लाही, सप्तरी, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।