भोजपुरमा गठबन्धनका उम्मेदवारको अग्रता

टक्सार, ६ मङ्सिर । भोजपुरको प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा गठबन्धनका साझा उम्मेदवार सुदन किरातीले अग्रता लिनुभएको छ ।
हालसम्म तीन हजार एक सय २४ मत गणना हुँदा उहाँले एक हजार पाँच सय ४१ मत पाउनुभएको छ भने नेकपा ९एमाले०का उम्मेदवार शेरधनले एक हजार ८५ मत प्राप्त गर्नुभएको छ ।

भोजपुर प्रदेशसभा ९१० मा गठबन्धनका साझा उम्मेदवार राजेन्द्रकुमार राईले सात सय छ मतले अघि देखिनुभएको छ ।

तीन हजार नौ सय २८ मत गनिसक्दा राई दुई हजार ४४ मत प्राप्त गर्नुभएको छ भने नेकपा ९एमाले०का हरिबहादुर राईले एक हजार तीन सय ३८ मत प्राप्त गर्नुभएको छ ।

जिल्लामा एक लाख २३ हजार तीन सय ७९ कूल मतदाता रहेकोमा ६२ हजार एक सय ८२ मत खसेको थियो । जुन ५० दशमलव ३९ प्रतिशत हो ।

काठमाडौँ ५ ः कांग्रेसका पौडेलको अगाडि
काठमाडौ,६ मङ्सिर (रासस) ः काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राख्नुभएको छ ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिनुभएको हो ।

अठार हजार सात सय ९७ मत गणना हँुदा युवा नेता पौडेलको छ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिनुभएको हो ।

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुुुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।