काठमाडौँ–४ मा कांग्रेसका थापा विजयी

काठमाडौँ, ६ मङ्सिर । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

ललितपुर–१, कांग्रेसका राणाले एमालेका सिलवाललाई पछि पारे
पाटन, ६ मङ्सिर (रासस) : ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा हुनुहुन्छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उहाँले ११ हजार सात सय ३९ मत प्राप्त गर्नुभएको छ ।

यता, पाँच सय ८५ मतले दोस्रो स्थानमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ३४ मत प्राप्त गर्नुभएको छ ।

ललितपुर–३

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की अग्र स्थानमा हुनुहुन्छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँले पछिल्लो मतगणनामा चार हजार नौ सय १० मत प्राप्त गर्नुभएको छ ।

नेकपाका अमृत खड्काले तीन हजार आठ सय ४५ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले दुई हजार दुई सय २८ मत प्राप्त गर्नुभएको छ । कूल ११ हजार आठ सय ७७ मतगणना हुँदा चार सय ३३ मत बदर भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖