सुनसरी–१ मा पछि परे अशोक राई,गठबन्धनका मुकेशको अग्रता

धरान, ६ मङ्सिर । सुनसरी क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणामअनुसार लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार मुक्साङहाङ मेन्याङ्बो (मुकेश)ले अग्रता लिनुभएको छ । धरान उपमहानगर क्षेत्रको वडा नं १ देखि ४ सम्मको कूल छ हजार चार सय ३६ मत गनिसक्दा मुकेशले अग्रता लिनुभएको हो ।

मुकेशले एक हजार दुई सय मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले–जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले एक हजार एक सय २२ मत ल्याएर मुकेशलाई पछ्याइरनुभएको छ ।

यस्तै, खरायो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले एक हजार ९१, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन)ले एक हजार ९० र राप्रपाका उम्मेदवार अशोक राई (अविरल) ले एक हजार चार मत प्राप्त गर्नुभएको छ । सुरुआती चरणमा राप्रपा र स्वतन्त्र पार्टीको अग्रता थियो । (रासस)

कैलाली नागरिक उन्मुक्ति अगाडि
सुदूरपश्चिम,६ मङ्सिर (रासस) ःकैलाली जिल्लाको निर्वाचन क्षेत्र—५ (धनगढी क्षेत्र)मा आज बिहान १०ः३० बजेदेखि स्थानीय स्वास्थ्य तालिम केन्द्रको भवनमा मतगणना सुरु भएको छ । सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहमति जुटाउन समय लाग्दा यो क्षेत्रको मतगणना ढिलो गरी सुरु भएको हो । जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १,२ र ३ मा नागरिक उन्मुक्ति पार्टी मतगणनामा सुरुदेखि नै अग्रस्थानमा छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा उक्त पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले पाँच हजार चार सय ९० मत पाउनुभएकामा नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजार पाँचसय ९३ मतसहित पछ्याइरहनुभएको छ । क्षेत्र २ मा नागरिक उन्मुक्ति पार्टीकै अरुणकुमार चौधरी एक हजार छ सय ६० मतसहित अगाडि रहँदा नेकपा (माओवादी केन्द्र्र)का भगत बडूवालले एक हजार दुई सय ६९मतसहित पछ्याइरहनु भएको छ ।

क्षेत्र ३ मा भने नागरिक उन्मुक्ति पार्टीकोे अग्रतालाई फराकिलो हुँदै गएको छ । सो पार्टीका प्रत्यासी गङ्गाराम चौधरीले मतगणनाको पछिल्लो परिणाम अनुसार २० हजार दुई सय ३४ मत प्राप्त गर्नुभएको छ ।
उहाँलाई नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १४ हजार नौ सय ४६ मतसहित पछ्याइरहनुभएको छ । निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाउनुभएका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई नेकपा (एमाले)का लेखराज भट्टले झिनो मतले उछिन्नुभएको छ ।

कांग्रेसका बलायरले पाँच हजार एकसय मत पाउँदा भट्टले पाँच हजार दुईसय ७७ मत पाउनुभएको छ । गएरातिदेखि गोदावरी नगर क्षेत्रमा मतगणना सुरु भएसँगै भट्टले बलायरभन्दा बढी मत पाउनुभएको हो । क्षेत्र ४ को पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिकाका सबै वडा र मोहन्यालका दुई वडाको मतगणना सकिएको जनाइएको छ । भट्ट एमालेका सुदूरपश्चिम इन्चार्ज र बलायर कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।