चितवन क्षेत्र नं २ मा लामिछानेको अग्रता

चितवन, ६ मङ्सिर । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिनुभएको छ । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आउनु भएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिनुभएको हो ।

अध्यक्ष लामिछानेले चार हजार सात मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले तीन हजार आठ सय ७९ मत ल्याउनु भएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन हजार चार सय १० मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ ।

जिल्लाका तीनै निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्र्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ । उहाँले छ हजार दुई सय ६७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले पाँच हजार तीन सय ९९ मत प्राप्त गर्नु भएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार दुई सय ९५ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राख्नु भएको छ । उहाँले चार हजार सात सय ७४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले चार हजार मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार आठ सय २७ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले तीन हजार एक सय ७५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।