श्रेष्ठ चौथो पटक प्रतिनिधिसभामा प्रवेश

काठमाडौँ, ६ मङ्सिर । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो ।

यसअघि उहाँ विसं २०४८ मा काठमाडाँै निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडाँै निर्वाचन क्षेत्र नं ७ तथा विसं २०७४ मा काठमाडौँ क्षेत्र नं ९ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । काठमाडौँ महानगरपालिका १४ बल्खु स्थायी ठेगाना रहेका श्रेष्ठको विसं २०१५ असोज १४ गते पिता हरिलाल श्रेष्ठ र माता हरिमाया श्रेष्ठका कोखबाट जन्म भएको हो ।

अर्थशास्त्रमा स्नाकोत्तर श्रेष्ठले विसं २०५९ देखि २०६० मा स्थानीय विकास राज्यमन्त्री तथा विसं २०७७ देखि २०७८ सम्म शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको थियो । एमाले पार्टी कार्यालयको मुख्यसचिवका रुपमा समेत उहाँले जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

तत्कालीन नेकपा(माले) विद्यार्थी सङ्गठनको क्याम्पस कमिटी अध्यक्षबाट राजनीतिमा प्रवेश गर्नुभएका श्रेष्ठ अनेरास्ववियूको त्रिवि कमिटी अध्यक्ष हुँदै विसं २०४७ मा अखिल नेपाल किसान सङ्घको सचिव हुनुभयो । विसं २०४९ मा राष्ट्रिय परिषद् सदस्य तथा विसं २०४९ देखि २०७५ सम्म पार्टी केन्द्रीय सदस्य रहनुभएका श्रेष्ठ हाल पोलिटब्यूरो सदस्य हुनुहुन्छ । विद्यार्थी जीवनदेखिनै प्रगतिशील राजनीतिमा सक्रिय श्रेष्ठ पुष्पलाल स्मृति प्रतिष्ठान र मदन भण्डारी स्मृति प्रतिष्ठानसँग आबद्ध हुनुहुनछ । उहाँकी धर्मपत्नी बिना पनि राजनीतिमै हुनुहुन्छ ।

यसअघि उहाँ राज्यव्यवस्था तथा सुशासन समिति सदस्यकारुपमा हुनुहुन्थ्यो । विसं २०३४ देखि २०४७ सम्म पटक–पटक गरी दुई वर्ष भूमिगत र प्रहरी हिरासत जीवन बिताउनु भएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।