झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

गौरादह, ६ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ ।

अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ ।

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–(१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गर्नुभएको छ । प्रारम्भिक परिणाम नुसार उहाँले नौ सय ८१ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

झापा–५(२) मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि हुनुहुन्छ । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गर्नुभएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।