पाँचथरमा कांग्रेस सहमहामन्त्री आङ्देम्बेले लिए अग्रता

पाँचथर, ७ मंसिर । प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे १० हजार ८०३ मतसहित अग्रता लिएका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)मा उमेदवार वसन्तकुमार नेम्वाङवाले १० हजार ७०७ मत पाएका छन् । उनीहरूबीच ९६ मतको अन्तर रहेको छ ।

काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक
काठमाडौँ, ७ मङ्सिर (रासस) : काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य विजयी हुनुभएको छ । उहाँले पाँच हजार ४६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजेशकाजीले शाक्य तीन हजार ७११ मत पाउनुभएको छ । यसैगरी नेपाली कांग्रेसका राजुराज जोशीले तीन हजार ६७० मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रमेश आचार्यले राससलाई जानकारी दिनुभयो ।

यसैगरी क्षेत्र नं ८ को प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले एक हजार ९१५ मत पाउनुभएको छ । कांग्रेसका अमिन पाण्डेले एक हजार २३७ मत पाउनुभएको उहाँले जानकारी दिनुभयो ।

क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिराजभक्त श्रेष्ठ १० हजार १०५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार १७४ मत पाउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।