एमाले अध्यक्ष ओली ५१ हजार छ सय १९ मत प्राप्त गर्दै विजयी

झापा, ७ मङ्सिर (रासस) ः झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ ।

निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याउनुभएको छ । अध्यक्ष ओली योसँगै छ पटक विजयी बन्नुभएको छ । यसअघि उहाँ विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसक्नुभएको हो ।

गुल्मीको क्षेत्र नं २ मा एमालेका विष्ट विजयी
गुल्मी, ७ मङ्सिर (रासस) ःगुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट विजयी हुनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभएको छ ।

क्षेत्र नं २ अन्तर्गत प्रतिनिधिसभामा एमालेका विष्टले २८ हजार पाँच सय ८५ मत प्राप्त गरी विजयी बन्नुभएको हो । त्यस्तै गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभएको थियो ।

गुल्मी क्षेत्र नं २ (१) मा एमालेका डिल्लीराज भुसाल विजयी हुनुभएको छ । भुसालले १४ हजार एक सय ३० मत प्राप्त गर्नुभएको थियो भने गठबन्धनका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १३ हजार आठ सय ८० प्राप्त गर्नुभएको थियो ।

त्यस्तै गुल्मी क्षेत्र नं २ (२) मा एमालेका उम्मेदवार दिनेश पन्थी विजयी हुनुभएको छ । पन्थीले १३ हजार नौ सय २९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार बुद्धि जिसीले १३ हजार आठ सय १९ मत प्राप्त गर्नुभएको छ । झिनो मतले गठबन्धनका उम्मेदवार जिसी पराजित हुनुभएको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।