३४ हजार मतान्तरसहित रवि लामिछाने विजयी

काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट भारी मतान्तरले विजयी भएका छन् । बिहीबार बिहान सकिएको मतगणनामा उनी प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

लामिछानेले ४९ हजार २६१ र श्रेष्ठले १५ हजार ९९ मत पाए । एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मै सीमित भए । पोखरेल सोही क्षेत्रका निवर्तमान सांसद हुन् । चितवन २ मा ८४ हजार ३१५ मत खसेको थियो । सुरुवाती दिनमा तेस्रो स्थानमा रहेका लामिछाने पछि तीव्र मतान्तर हासिल गर्दै विजयी भएका हुन् ।

चार महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर निर्वाचनमा होमिएका लामिछानेले ठूलो सफलता हासिल गरेका छन् । उनको पार्टीले प्रत्यक्षमै नौ सिट जित्ने देखिएको छ । समानुपातिकमा पनि तेस्रो स्थानमा रहेकाले स्वतन्त्र चौथो ठूलो दल बन्ने संकेत देखिएको छ ।

क्षेत्र नं १ प्रदेशसभा (२) मा नेमकिपाका गोसाइँ विजयी
भक्तपुर, ८ मङ्सिर (रासस)ः भक्तपुर क्षेत्र नं १ (२)बाट प्रदेशसभा सदस्यमा नेपाल मजदूर किसान पार्टीका सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको बैठक कक्षमा आज सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उहाँले २९ हजार सात सय चार मत ल्याएर विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका पवन भुजुले तीन हजार एक सय ६१ मत प्राप्त गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले दुई हजार चार सय २८, राप्रपाका रोशन नापितले एक हजार नौ सय पाँच मत प्राप्त गर्नुभयो । समानुपातिकतर्फको मतगणना भने जारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।