आफ्नै गृह जिल्लामा प्रदेश राजधानी लैजाने एमाले महासचिव पोखरेल पराजित

बुटवल, ८ मंसिर । आफ्नो गृह जिल्लामा प्रदेश राजधानी लैजान विशेषा भूमिका खेल्ने एमाले महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् । उनलाई माओवादी केन्द्रकी रेखा शर्माले झिनो मतान्तरमा पराजित गरेकी हुन् ।

शर्माले पोख्रेललाई १९६ मतान्तरले पराजित गरेकी हुन् । अन्तिम परिणामअनुसार शर्माले २६ हजार आठ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन् ।

बुटवलमा अस्थाई राजधानी रहेकाे लुम्बिनी प्रदेश राजधानी दाङ लैजान मुख्यमन्त्री भएका बेला पोखरेलले विशेषा भूमिका खेलेका थिए । 

जनसंख्या, पुर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षालगायत हरेक हिसाबले बुटवल स्थायी राजधानीका लागि उपयुक्त हुँदाहुँदै पनि तत्कालीन नेकपामा विवाद चुलिँदा अध्यक्षहरू केपी ओली र प्रचण्डलाई मनाएर पोखरेलकै जोडबलमा बुटवलबाट स्थायी राजधानी दाङ सार्ने निर्णय प्रदेशसभाले गरेको थियो । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेका सात अस्थायी राजधानी मध्ये ६ वटा यथास्थानमा कायम भएका थिए । तर, लुम्बिनीको मात्रै सार्ने निर्णय भएको थियो ।

तर, बुटवललाई प्रदेश राजधानी कायम गर्नुपर्छ भनेर जोड गर्दागर्दै पनि असफल भएका एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही-२ मा अग्रता हासिल गरेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार पौडेलले १५ हजार पाँच सय ६६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १४ हजार सात सय ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै पाँचदलीय गठबन्धनको समर्थमा उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले १२ हजार तीन सय ३४ मत ल्याएका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।