तेह्रथुम प्रदेशसभा(१) : एमालेका दुलाल विजयी

म्याङलुङ, ९ मङ्सिर । तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत गर्नुभएको थियो ।

मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्धन्द्वी सुब्बालाई पछि पार्नुभएको हो ।

प्रदेशसभा (१)अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिका रहेका छन् । यस क्षेत्रमा ४९ हजार एक सय २१ मतदाता रहेकामा २२ हजार चार सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । (रासस)

नवनिर्वाचित जनप्रतिनिधिका प्राथमिकता : अधुरा र अलपत्र योजना सम्पन्न गर्ने
म्याग्दी, ९ मङ्सिर (रासस):म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरूले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनालाई छ महिनाभित्र सुरु गर्ने बताउनुभयो ।

“म्याग्दीमा विकास निर्माणका काम अलपत्र छन् । ठेकेदार साथीहरूलाई लुकाएर राखेका छन्”, उहाँले भन्नुभयो, “अबको छ महिनाभित्र यी अलपत्र योजनालाई तीव्रताका साथ कार्यान्वयन हुने वातावरण बनाउँछौँ ।”

जिल्लाका २० सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अलपत्र परेका छन् । सडक र पुल निर्माणमा भएको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, आयोजनाको लागत र ढुवानी खर्च बढेको छ ।

म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका नौवटा सडक र मोटरेबल पुलसम्बन्धी आयोजना अलपत्र परेका हुन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका छवटा सडक र पाँचवटा मोटरेबल पुल थलिएका छन् ।

यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको भवन निर्माण योजना अलपत्र छ । व्यवसायीको ढिलासुस्ती, सङ्घबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको प्रक्रियागत ढिलाइ, सडक क्षेत्रमा पर्ने जग्गाधनीको अवरोध, कोरोना महामारी, पहिरो, बाढी र कटानका कारण सडक र पुल निर्माणकार्य प्रभावित भएको हो ।

प्रदेशसभा (२) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रेशमबहादुर जुग्जालीले समृद्ध, सुन्दर र विकसित म्याग्दी बनाउन प्रतिस्पर्धी दलका नेताहरूलाई समेत सहकार्यको वातावरण बनाउन आह्वान गर्नुभयो ।

“म्याग्दीका जनताको विश्वास र आशालाई हामीले मर्न दिने छैनौँ”, उहाँले भन्नुभयो, “संसद्मा म्याग्देली जनताको समस्या उठान गरी समाधानको पहल गर्नुका साथै र जनताको अपेक्षा पूरा गरेरै छाड्छौँ ।” पाँच वर्षभित्रमा हामीभन्दा अगाडिका जनप्रतिनिधिले गर्नुभएको भन्दा धेरै र फरक किसिमको काम गरेर विकास र परिवर्तनको अनुभूति दिलाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारीले म्याग्दी जिल्लाको विकासको संवाहक बन्ने र परिवर्तनको दियो बालेर गाउँ बस्तीमा आउने बताउनुभयो । “म्याग्दीको पूर्वाधार, सामाजिक र आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन हामीले प्राथमिकता दिन्छौँ”, उहाँले भन्नुभयो, “म्याग्दीमा विकासको संवाहक, जनताको दुःखमा सेवक र सुखमा साथी बनेर आउनेछु ।”

युवाहरूको बेरोजगारको समस्या समाधानका लागि विषेश योजना बनाउने र नीतिगतरूपमा पहल गर्ने जनप्रतिनिधिको भनाइ छ । विकासका नयाँ योजना र रोजगारीका अवसर सिर्जना गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । उहाँहरूले अब जिल्लाले विकास निर्माणको क्षेत्रमा फड्को मार्ने दाबी गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।