सङ्खुवासभा (१) : माओवादीका कार्की ३४ मतान्तरले निर्वाचित

किमाथाङ्का, ९ मङ्सिर । सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । कार्की ३४ मतान्तरले विजयी हुनुभएको हो ।

त्यस्तै नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याउनुभएको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा(२)को मतगणना जारी छ । (रासस)

सर्लाही क्षेत्र नं ३ बाट एमालेका उप्रेती विजयी
सर्लाही, ९ मङ्सिर (रासस)ःसर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार एक सय ६८ मत पाउनुभएको छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत ल्याउनुभएको छ । उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अब जिल्लाको निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (२) र प्रतिनिधिसभा–२ को मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।