मोरङ ४ बाट माओवादीका मोदी निर्वाचित

मोरङ, ९ मङ्सिर । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकाल २४ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२)बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिनुभयो ।

सङ्खुवासभामा (१) ः माओवादीका कार्की ३४ मतान्तरले निर्वाचित
किमाथाङ्का, ९ मङ्सिर (रासस)ःसङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । कार्की ३४ मतान्तरले विजयी हुनुभएको हो ।

त्यस्तै नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याउनुभएको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा(२)को मतगणना जारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।