खोटाङमा प्रत्यक्षतर्फ पाँच हजार बढी मत बदर

खोटाङ, ९ मंसिर  । खोटाङमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा खसेकामध्ये पाँच हजार ६३९ मत बदर भएको छ । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ खसेको ६७ हजार ४०८ मतमध्ये दुई हजार ९८६ मत बदर भएको छ । यस्तै, ७४ हजार ६३९ मतदाता रहेको प्रदेश (क)मा ३३ हजार ९४४ मत खस्दा एक हजार ५५४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । 

प्रदेशसभा (ख)मा एक हजार ९९ मत बदर भएको छ । ६८ हजार १५३ मतदाता रहेको प्रदेशसभा (ख)मा ३३ हजार ४०९ मत खसेको थियो । समानुपातिकतर्फ खसेको मत पनि बदर भएको छ । पछिल्लो परिणामअनुसार समानुपातिकतर्फ दुई हजार दुई मत बदर भएको छ । विभिन्न दलबीचमा भएको चुनावी तालमेल तथा मतदाता शिक्षा प्रभावकारी नहुँदाको परिणाम अधिक मत बदर भएको अनुमान गरिएको छ । 

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरेर मतदाता शिक्षा सञ्चालन गरेपछि बदरको दर अधिक देखिएको हो । मतदाता शिक्षाअन्तर्गत जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहमा पुगेर नमुना मतदान गरेको थियो । तर अपेक्षा गरेअनुसार मत बदर दर घटेको देखिएन । 

प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई ३१ हजार ३५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत पाएका छन् ।

प्रदेश (क)मा एमाले उम्मेदवार पाँचकर्ण राई १३ हजार १५७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका वीरबलकाजी राईले ११ हजार ९६५ मत ल्याएका छन् । प्रदेशसभा (ख)मा कांग्रेसका उम्मेदवार भूपेन्द्र राई १६ हजार ४९६ पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत पाएका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।