निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

काठमाडौँ, १० मङ्सिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय १८ स्थानमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् ।

हालसम्म नेपाली कांग्रेस ३९ स्थानमा विजयी भएको छ । एमाले ३२, माओवादी केन्द्र १३, एकीकृत समाजवादी सात, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच÷पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक÷एक तथा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

आयोगका अनुसार जारी मतगणनामा कांग्रेस १५, एमाले ११, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी तीन÷तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी दुई÷दुई, जनता समाजवादी पार्टी एक स्थानमा अगाडि छन् । दोलखा, स्याङ्जा र बाजुराका तीन क्षेत्रमा मतगणना हुन सकेको छैन ।

प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेस चार, एमाले दुई र माओवादी केन्द्र एक प्रदेशमा अगाडि छन् । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेस अगाडि छ । प्रदेश नं १ र मधेसमा एमाले तथा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र अगाडि छ ।

प्रदेश नं १ मा एमाले १८, कांग्रेस ११, माओवादी केन्द्र छ, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा विजयी भएका छन् । मधेसमा एमाले १२, कांग्रेस १२, जसपा आठ, लोसपा सात, जनमत पार्टी छ, माओवादी चार र स्वतन्त्र छ स्थानमा विजयी भएका छन् ।

बागमतीमा कांग्रेस १८, एमाले नौ, माओवादी सात, राप्रपा पाँच, एकीकृत समाजवादी चार, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । गण्डकीमा कांग्रेस १४, एमाले १२, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक, लुम्बिनीमा कांग्रेस १४, एमाले १२, माओवादी चार, जसपा, नागरिक उन्मुक्ति पार्टी र लोसपा दुई÷दुई, राप्रपा र जनमत पार्टी एक÷एक तथा स्वतन्त्र तीन स्थानमा विजयी भएका छन् ।

कर्णाली प्रदेशमा कांग्रेस र माओवादी छ÷छ, एमाले दुई र स्वतन्त्र उम्मेवार एक तथा सुदूरपश्चिम प्रदेशमा माओवादी सात, कांग्रेस छ, नागरिक उन्मुक्ति पार्टी र एमाले दुई÷दुई तथा स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖