सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग

इनरुवा, १० मङसिर । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको छ ।

मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गर्नुभयो । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा जारी रहेको मतगणनामा धाँधली भएको आशङ्का रहेकाले मतगणना स्थगित गरी सर्वदलीय बैठक डाकिएको थियो ।

शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम सूचीमा नेपाली कांग्रेसले प्राप्त गरेको छ सय छ मत नेकपा(एमाले)को उम्मेदवारको पक्षमा जोडेको कांग्रेसको भनाइ छ ।

सुनसरी बराहक्षेत्र–८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा एमालेको पक्षमा छ सय छ मत थप गरी २० हजार दुई सय ११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो ।

यसरी एक पटकमा छ सय छ मत एमालेको पक्षमा थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न कार्कीले माग गर्नुभएको हो । अनधिकृतरूपमा मतगणाका लागि कार्मचारी पठाएको, मतपत्र जाँच नगरेको, आवश्यकताभन्दा बढी कर्मचारी खटाइए पनि सुस्त गतिमा मतगणना भएको लगायत आरोप कांग्रेसको छ ।

कांग्रेसको तर्फबाट सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, एमालेका तर्फबाट उम्मेदवार रहनुभएका जगदीशप्रसाद कुसियैतलगायत विभिन्न पार्टीका नेताहरूको सहभागितामा सर्वदलीय बैठक बसेको हो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।