मोरङ– १ मा कांग्रेसका लिम्बू विजयी

उर्लाबारी, ११ मङ्सिर । मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी हुनुभएको छ । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्वूले २५ हजार सात सय ९४ मत ल्याउदा खतिवडाले २५ हजार चार सय ६९ मत प्राप्त गर्नुभएको थियो । विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गर्नुभएको थियो भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गर्नुभएको थियो ।

यस्तै प्रदेश सभा १(१) तर्फ नेकपा एमालेका उमाकान्त खनालले लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई तीन हजार पाँच सय २७ मतलेपछि पार्दै विजयी हासिल गर्नुभएको छ । भने एमालेका गौतमले १३ हजार पाँच सय ३१ र साम्वाले १० हजार चार मत प्राप्त गर्नुभएको थियो ।

यस्तै प्रदेश १(२) मा पनि नेकपा एमालेका खड्गबहादुर बस्नेतले लोकतान्त्रिक वामगठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार उपेन्द्रप्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासिल गर्नुभएको छ ।

एमालेका बस्नेतले १४ हजार पाँच सय ३९ मत प्राप्त गर्नुभएको छ । भने प्रदेश नं १ का सूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका घिमिरेले १३ हजार आठ सय ६३ मत प्राप्त गर्नुभएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।