सुनसरी–१ मा अशोक राई निर्वाचित

सुनसरी। सुनसरी १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणनामा राई निर्वाचित भएका हुन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई
१७ हजार ५९ मत प्राप्त गर्दै पराजित गरेका हुन् ।

पराजित तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । त्यस्तै तेस्रो बनेको नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले ७ हजार ७७४ मत पाएका छन् ।

यहाँ नेकपा एमालेका उम्मेदवार थिएनन् । जसपाका राईलाई नेकपा एमालेको समर्थन थियो ।

कर्णाली प्रदेशसभा ः नयाँ अनुहारको वर्चश्व
सुर्खेत, १२ मङ्सिर (रासस)ःकर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहनुभएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का छक्कबहादुर लामालाई हराउनुभएको हो । उहाँ यसअघिका प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (१) बाट वीरबहादुर शाही र सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्ट रहनुभएको छ । एमालेका संसदीय दलका नेतासमेत रहनुभएका यामलाल कँडेल सुर्खेत २ (१) बाट निर्वाचित हुनुभएको छ । प्रदेश (२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ उहाँ यसअघि प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । उहाँले एमालेका खिमबहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

यस्तै दैलेख २ (२) मा एमालेका विनोदकुमार शाह विजयी हुुनुभएको छ । उहाँले केही समयअघि एमाले त्यागेका पूर्वसहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गर्नुभएको हो । उहाँ यसअघि प्रतिनिधिसभा सदस्यसमेत भइसक्नुभएको छ ।

कालीकोट प्रदेशसभा (१) बाट माओवादीका दुर्गबहादुर रावत प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ यसअधि प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गर्नुभएको हो । कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने १८ जना रहनुभएको छ । सुर्खेत १ (१) बाट कांग्रेसका खड्ग पोखरेल पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दै हुनुहुन्छ । उहाँ एमालेका निवर्तमान सांसद ठम्बर विष्टलाई हराएर विजयी हुनुभएको हो ।

यस्तै, १ (२) का कृष्ण जिसी पनि नयाँ अनुहार हुनुहुन्छ । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गर्नुभएको छ । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलोपटक प्रदेशसभामा प्रवेश गर्दै हुनुहुन्छ । राजनीतिमा आउनुअघि पत्रकारसमेत रहुनुभएका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ (१) मा पराजित गर्नुभएको हो ।

यस्तै, दैलेख १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बिसी विजयी हुनुभएको छ । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गर्नुभएको हो । सल्यान (१) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी हुनुभएको छ । शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गर्नुभयो भने (२) मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजङ्ग शाहलाई पराजित गर्नुभएको छ ।

यस्तै, रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सदस्य निर्वाचित हुनुभएको छ । रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गर्नुभएको छ । यस्तै (२) मा राजकुमार शर्मा विजयी हुनुभएको छ । उहाँले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गर्नुभयो । जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित हुनुभएको छ ।

कालीकोट प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गर्नुभएको छ । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित हुनुभयो ।

हुम्ला प्रदेशसभा (१) बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उहाँका प्रतिस्पर्धी स्वतन्त्रका मङ्गलबहादुर शाही पराजित हुनुभयो । यस्तै मुगु (१) मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गर्नुभयो । यस्तै, मुगु (२) मा माओवादीका मङ्गलबहादुर शाही पनि विजयी हुनुभएको छ । उहाँले एमालेका कर्णबहादुर मल्ललाई पराजित गर्नुभएको छ ।

यस्तै, जुम्ला प्रदेशसभा (१) मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । उहाँले कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गर्नुभएको छ । यस्तै जुम्ला (२) मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित हुनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖