धनुषा–४ : एमालेका महासेठ विजयी

धनुषा, १३ मङ्सिर । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पार्नुभएको हो । यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

नुवाकोटमा मतदाता शिक्षा प्रभावकारी देखिएन
त्रिशूली, १३ मङ्सिर (रासस)ः
यही मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करिब सात प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा एक लाख ३० हजार एक सय एक मत खसेको थियो । ती मतगणनाका क्रममा आठ हजार नौ सय १९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक लाख २१ हजार एक सय ८२ मत सदर कायम गरेर गणना गरिएको हो । खसेको मतमा बदर मत छ दशमलव ८५ प्रतिशत रहेको छ । नुवाकोटमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नं १ मा ६३ हजार पाँच सय ८६ मतगणना गर्दा तीन हजार पाँच सय ६५ मत बदर भएको थियो भने क्षेत्र नं २ मा ६६ हजार एक सय १९ मतगणना गर्दा छ हजार एक सय १९ मत बदर गरिएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ मा ६२ हजार एक सय ३२ मतगणना गर्दा दुई हजार नौ सय ९९ र क्षेत्र नं २ मा ६६ हजार आठ सय ५३ मत गणना हुँदा तीन हजार एक सय ४४ मत बदर भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशतर्फ क्षेत्र नं १ को प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ ३१ हजार एक सय सातमा एक हजार एक सय ४२ र प्रदेशसभा–२ मा ३२ हजार दुई सय ५७ मा एक हजार पाँच सय ५७ मत बदर छ । क्षेत्र नं २ को प्रदेशसभा–१ मा ३३ हजार आठ सय ८९ मतमा एक हजार आठ सय १९ र प्रदेशसभा–२ मा ३० हजार आठ सय ४९ मतमा एक हजार दुई सय ८० मत बदर भएको छ ।
प्रदेशसभाको समानुपतिकतर्फ क्षेत्र नं १ मा ६४ हजार एक सय ५१ मतगणना हुँदा चार हजार एक सय ६६ र क्षेत्र नं २ मा ६५ हजार नौ सय ५० मतगणनामा चार हजार सात सय ५३ मत बदर भएको छ ।

मतदान अधिकृतको हस्ताक्षर देखिएन

निर्वाचनमा अधिकतम मतदाताको सहभागिता बढाउन र खसेको मत बदर हुन नदिन निर्वाचन आयोगदेखि राजनीतिक दल र उम्मेदवारले मतदाता शिक्षा सञ्चालन गरे पनि त्यो प्रभावकारी देखिएन ।

मतदान गर्ने तरिका सहीरूपमा सिकाउन नसक्दा र चुनाव गराउन खटिएका मतदान अधिकृतको लापरबाहीले बदर मत सङ्ख्या अपेक्षाभन्दा धेरै आएको छ । “यो पटकको चुनावमा मतदाताको सहभागिता ७५ प्रतिशत हुने अपेक्षा भए पनि ५४ प्रतिशतमात्रै रह्यो”, निर्वाचन अधिकारी गौतमले भन्नुभयो, “यसअघिको पालिका चुनावमा चार प्रतिशत बदर मत रहेकामा त्यसलाई घटाएर दुई प्रतिशतमा ल्याउने लक्ष्य अहिलेको चुनावमा थियो । तर यसअघिको भन्दा दोब्बर नै बढी हुन गयो ।”

मत बदर हुनुमा मतदाताले एकभन्दा बढी चुनाव चिह्नमा सङ्केत गरेको, स्वस्तिक छापको सट्टा ल्याप्चे लगाएको, मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको, मतदातालाई सङ्घ र प्रदेशको एकै मतपत्र एकभन्दा बढी पटक दिएको लगायत देखिन्छ ।

“मतदान अधिकृतले हस्ताक्षर नगरेका कारण धेरै मत बदर गर्नुप¥यो । एकभन्दा बढी केन्द्रको सयुक्त गणना गरेकाले कुन मतदान अधिकृतबाट लापरबाही भएको भन्ने पहिचान नहुँदा लापरबाही गर्नेले उन्मुक्ति पाउँछन्”, उहाँले भन्नुभयो । मतगणनाको समयमा जुनसुकै सभा वा प्रणालीको मतपत्र जुनसुकै पेटिकामा भेट्टिए पनि त्यसलाई सदर मानेर गणना गर्ने निर्वाचन आयोगको निर्देशनले अझै धेरै मत बदर हुनबाट जोगाएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।