चुनावमा धाँधली भयो, सर्वसाधारण माथि गो’ली चलाइयो : ओली

काठमाडौं, १३ मंसिर । एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्ताे बताएका हुन् । 

एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खाेजेको समेत उनले बताए । उनले बाजुरा दाेलखा लगायतका जिल्लामा धाँधली भएकाे समेत बताए ।

ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नाेस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय  निर्वाचनकाे नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१0 सिटकाे फरक पर्ने देखिएकाे छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेकाे छ ।

मूर्तिले धानेको जीवन
–राजकुमार साउँद/सहजपुर, १३ मङ्सिर (रासस) ः बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ । बुबाबाट मूर्ति बनाउन सिक्नुभएका उहाँले त्यसैलाई आफ्नो व्यवसाय बनाउनुभएको छ । यसैबाट आफ्नो र परिवारको जीवन पनि धान्नुभएको छ उहाँले ।

सत्र वर्षको उमेरदेखि नै उहाँ निरन्तर रुपमा मूर्ति बनाउँदै आउनुभएको छ । “बुबाले सुनारको काम गर्नुहुन्थ्यो तर बीचबीचमा उहाँले कसैले अर्डर दिए मूर्तिहरु पनि बनाउनुहुन्थ्यो”, अमरले भन्नुभयो, “बुबाले मूर्ति बनाएको देखेर नै मैले पनि सिकेँ, म स्कुलमा पढ्दै गर्दादेखि नै मूर्ति बनाउँदै आएको छु”, उहाँले अहिले मागअनुसार मूर्ति बनाउने गरेको बताउनुभयो । माग आए जस्तोसुकै मूर्ति बनाउन सक्ने उहाँको भनाइ छ ।

यही पेशाबाट उहाँको सातजनाको परिवार चलेको छ । उहाँले सानैदेखिको आफ्नो रुचि भएकाले मूर्ति बनाउने काममा आनन्द आउने गरेको बताउनुभयो । उहाँले कृष्णपुर नगरपालिका–५ मा रहेको आफ्नै घरमा मूर्ति निर्माणको काम गर्दै आउनुभएको छ । सुरुमा घरघरमा गएर मूर्ति बनाउँदै आएको भए पनि १० वर्षअघि देखि मात्रै पसल खोलेर यो काम गरेको उहाँको भनाइ छ । सुदूरपश्चिमका सबै जिल्लाबाट यसको माग आउँछ । उहाँले भन्नुभयो, “अर्डरकर्ताले आवश्यक परेको मूर्तिको फोटो ल्याउँछन्, त्यही हेरेर बनाउँछु ।”

मासिक २५ देखि ३० हजारसम्म कमाउने उहाँले मूर्तिको आकार हेरे मूल्य निर्धारण गर्नुहुन्छ । “मूर्तिको आकार हेरेर पैसाको कुरा गर्छु, किनकि ठूलो मूर्ति बनाउन समय र खर्च बढी लाग्छ”, उहाँले भन्नुभयो, “समय र खर्चको आधारमा मूर्तिको मूल्य निर्धारण गर्छु, कुनै मूर्ति बनाउन त तीनदेखि चार महिनासम्म लाग्छ ।”

महेन्द्रनगरमा रहेको पोखरी कटेजले अर्डर दिएको राना थारूको संस्कृति झल्काउने मूर्ति बनाउन उहाँलाई तीन महिना लागेको थियो । उहाँले सो मूर्ति बनाएबापत आफूले रु एक लाख २० हजार लिएको बताउनुभयो । उहाँले पृथ्वीनारायण शाहको पनि मूर्ति बनाउनुभयो । तेघरीस्थित नेपाली सेनाको ब्यारेकमा राख्न उक्त मूर्ति बनाउन अर्डर आएको र टेन्डर नहुँदा मूर्ति लिन नआएको उहाँले बताउनुभयो । करिब चार महिनामा बनाउने सो मूर्तिको मूल्य एक लाख ५० हजार छ । अहिले उहाँ फूलबारीको एउटा मन्दिरले दिएको अर्डर अनुसारको मूर्ति बनाइरहनुभएको छ ।

मूर्ति बनाउन आवश्यक पर्ने सामग्री पनि आफैँले बनाउने गरेको उहाँले बताउनुभयो । “मूर्तिका सामग्री बजारमा पाइँदैनन् त्यसैले आफैँले बनाउँछु”, उहाँले भन्नुभयो । मूर्ति कोर्न थालेको करिब ३० वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म कुनै ठाउँबाट तालिम नलिएको उहाँले बताउनुभयो । उहाँले स्थानीय सरकारले अन्य व्यवसायमा तालिम सञ्चालन गरे पनि मूर्ति बनाउने विषयमा हालसम्म चासो नदिएको गुनासो गर्नुभयो । “मूर्ति बनाउन इच्छुक धेरै मानिसहरु छन्, तर त्यस्ता मानिसलाई सिकाउन प्रशिक्षण दिने काम भएको छैन ।” व्यावसायिक रुपमा मूर्तिको बजार राम्रो छ । “बजारमा मूर्तिको माग पनि राम्रै छ”, उहाँले भन्नुभयो, “तर हामीले यसलाई व्यावसायिक रुपमा लैजान सकेका छैनाँै ।”

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।