स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता

वालिङ, १५ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्नुभएको छ ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गर्नुभएको छ ।

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।

यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गर्नुभएको छ । एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।