खोटाङबाट कांग्रेस नेतृ बजिमय बनिन् प्रतिनिधिसभा सदस्य

खोटाङ, खोटाङका कांग्रेस नेतृ सरस्वती बजिमय समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य चुनिएकी छन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी बजिमयलाई २४ मंसिरमा बसेको कांग्रेस पदाधिकारी बैठकले समानुपातिक सांसद चुयन गरेको हो । 

बजिमयको नाम आदिवासी जनजाति महिलाको सुरुमै उल्लेख छ । एकपल्ट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य चुनिने प्रयास असफल भए पनि बजिमय दोस्राेपल्ट समानुपातिक सांसद बनेकी हुन् । उनी २०७० सालमा समानुपातिक सांसद बनेकी थिइन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष चुनाव लड्दा एमालेका विशाल भट्टराईसँग पराजित भएकी बजिमय यसपल्ट पुन: समानुपातिक प्रणालीमार्फत संसद छिर्ने अवशर पाएकी हुन् । 

ओखलढुंगामा जन्मिएकी बजिमयले २०३६ सालको जनमत संग्रहपछि कांग्रेस निकट महिला संगठनबाट राजनीति सुरु गरेकी थिइन् । कांग्रेसले समानुपातिकतर्फ ३२ जना सांसदको टुंगाे लगाएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।