बिदेशमा बसेर लगानी गर्ने हजारौं श्रष्टाहरुले दु:ख भोग्नु परेको छ – गीतकार अनु शाह

काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र निर्मात्री अनुराधा शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन्। बिद्यालय जीवन देखिनै राष्ट्रिय नाँच घरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रंगमन्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन्। काठमाडौं सितापाईलामा स्वर्गिय पिता लालबिक्रम शाह र माता दया देबि शाहकी प्रथम सन्तानको रुपमा जन्मिएकी अनु शाह उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेकी थिइन्। उनले अमेरीकाको नर्थ वेस्टर्न बिश्वबिध्यालय बाट बाल मनोबिज्ञानमा स्नातकोत्तर गरेकी छिन।

सानै देखि कला क्षेत्रमा प्रवेश गरेकी प्रख्यात गीतकार साहित्यकार अनु शाहको दुइ सय भन्दा बेसी गीतहरु रेकर्ड भईसकेका छन् भने दुइ दर्जन गीतका म्यूजिक भिडियो समेत आफैले निर्माण गरिसकेकी छिन। बहुप्रतिभाशाली लोकप्रिय गीतकार अनु शाहले लेखन संगै अभिनय र निर्माण पक्षमा समेत उत्तिकै ससक्त भएर नेपाली कला साहित्य क्षेत्रमा योगदान पुर्याउदै आएकी छिन। चलचित्र भिमदत्तमा सह-निर्मात्री रहेकी उनले ‘सुक्का मानो’ र ‘उफ्फ यो मन’ नामका चलचित्र निर्माण गरेकी छिन जुन अहिले प्रदर्शनको पर्खाईमा छन्। साहित्यकार शाहले नेपाली भाषा साहित्यमा मात्र नभै हिन्दी, अंग्रेजी, नोवारी र मैथली भाषामा पनि थुप्रै गीत र कबिता लेखेकी छिन।

“कम टेक माई ह्याण्ड, ह्वोईन आईएम फिलिंग डाउन…” गायिका शितल मोक्तानले गाएको निकै चर्चित अंग्रेजी गीत हो। गीतकार संघको आजिबन सदस्य रहेकी शाह राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र ज्योती साहित्य प्रतिष्ठानमा लाईफटाईम मेम्बर हुन् भने रेडियो हिमालयनको गार्जेन मेम्बर हुन्। कला साहित्य विधामा उल्लेखीय योगदान पुर्याउदै आएकी अनुराधा शाहले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा अवार्डहरु हासिल गरिसकेकी छिन। सामाजिक कार्यमा समेत उत्तिकै रुचि राख्ने उनले नेपालका धेरै संघ संस्थामा आश्रित अनाथ असहाय, दुखि पिडित बेसहाराहरुलाइ बिदेशमा रहेर पनि सहयोग गर्दै आएकी छिन। प्रबास रहेपनि संधै नेपाललाई माया गर्ने अनु शाह कला साहित्यकी मुर्धन्य व्यक्तित्व हुन्।

पेशाले शिक्षिकाको रुपमा कार्यरत गीतकार अनु शाह ब्यस्त समयको बाबजुद पनि नेपाली गीतसंगीत र कला साहित्यमा दरिलो खम्बा बनेर नेपाली सांगीतिक आकाशमा नक्षत्रको रुपमा स्थापित भएकी छिन। उनको लेखन शैली उनको शब्द चयन देखि उनको प्रस्तुति समेत उत्कृष्ट रहेको यस क्षेत्रका जानकारहरु बताउछन।

समग्र नेपाली मनोरंजन क्षेत्रमा करडौ लगानी गरेकी गीतकार तथा निर्मात्री अनु शाहलाइ केहि संगीतकार, चलचित्र निर्माता, निर्देशक देखि अन्य केहि व्यक्तिहरुले ठगि गरेको बताउछिन। उनि भन्छिन सुरुमा मिठो र राम्रो राम्रो कुरा गरि बिश्वास दिलाएर काम र पैसा लिन्छन पछि कुनै काम समयमा गर्दैनन् त्यसैले नेपालमा पैसा लगानी गर्नु भन्दा पहिले सोच्नु पर्ने रहेछ। बिश्वासको आधारमा लगानी गरेर आफु डुबेको उनि दुखेसो पोख्छिन। थुप्रै कामहरु रोकिरहेको छ, गित संगीत र रचनाहरु हराईरहेका छन्, चलचित्र तयार भएर पनि प्रदर्शन गर्न दिएका छैनन्, विभिन्न बहानाबाजीमा झुलाइरहेका छन्।

केहि संगीतकार र चलचित्रकर्मीहरुले ठगि गरेको उनको आरोप छ। त्यसैले त्यस्ता ठगि गर्ने गिरोहहरुलाई अब कानुनि प्रक्रियामा लैजाने र मिडिया मार्फत उक्त ठग्ने व्यक्ति र काम पुरा नगर्नेहरुको नाम सार्बजनिक गर्ने तयारीमा रहेको उनले बताईन। हामी दु:ख गरि पैसा जम्मा गरेर नेपालमा लगानी गर्छौ तर त्यसको उचित मुल्यांकन र सदुपयोग नहुँदा म जस्ता बिदेशमा बसेर लगानी गर्ने हजारौं श्रष्टाहरुले पिडा भोग्नु परेको बताउछिन।

नेपाल आउँदा र अमेरिका रहंदा समेत सधै गित संगीत, चलचित्र र साहित्यमा लगानी गर्ने बहुप्रतिभाशाली व्यक्तित्व अनु शाहको केहि साहित्यिक पुस्तक, म्यूजिक भिडियो र चलचित्र आउन लागेको उनले जानकारी गराईन।

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।