भ्वइस अफ नेपालमा पदम राईलाई जिताउन खोटाङमा थालियो अभियान

खोटाङ, २८ मंसिर  । ‘द भ्वइस अफ नेपाल सिजन–४’का प्रतिष्पर्धी पदम राईलाई जिताउनका लागि खोटाङमा अभियान थालिएको छ । ‘द भ्वइस अफ नेपाल सिजन–४’को टप आठमा पुगेका राईलाई जिताउनका लागि जिल्लाका युवाले अभियान थालेका हुन् । युवा प्रताप राईको अगुवाईमा जिल्लामा ‘पदम राई जिताऔं’ अभियान थालिएको हो ।

‘पदम राई जिताऔं’ अभियानमा आवद्ध राईले बुधबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै जिल्लामा अभियानको थालनी गरिएको जानकारी दिएका छन् । 

जिल्लामा प्रताप सहित, डिल्ली देवान, गणेश राई, पवन श्रेष्ठ, मदन श्रेष्ठ, गणेश नाछिरिङ, प्रकाश दुमी, मदन दुमीलगायतको टोलीले ‘पदम राई जिताऔं’ अभियान सञ्चालन गरिरहेका छन् । ताप्लेजुङका पदम हाल कोच राजेशपायल राईको टिमबाट द भ्वइस अफ नेपालको टप फोर्थका लागि प्रतिष्पर्धामा छन् । पदमलाई आगामी शुक्रबारसम्म नगद वा खल्ती एप्समार्फत भोट दिन सकिने प्रतापले बताए । 

पदमले द भ्वइस अफ नेपाल जिते  खोटाङका कोच राजेशपायलको जीत हुने अभियानको भनाई छ । ‘खल्ती एप्स डाउनलोड गरेर वा नगद सहयोगमार्फत धेरैभन्दा धेरै भोट दिएर पदम राईलाई द भ्वइस अफ नेपालमा जिताउन अनुरोध छ,’ प्रतापले भने, ‘पदमको जित भनेको टिम कोच राजेशपायल राईको जीत हो, खोटाङको जीत हो ।’ पदमलाई सहयोग गर्नका लागि प्रतापलाई ९८५२८४४५५० नम्बरमा फोन गर्न सकिन्छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।