सोलुखुम्बुमा किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

सोलुखुम्बु, २ पुस (रासस) :सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो ।

सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको कभर्डहलमा सुरु भएको सो प्रतियोगिताको सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गर्नुभयो । खेलकुद क्षेत्रको विकासका लागि सरकारको भर मात्र पर्न नहुने भन्दै उहाँले यसका लागि सबैको हातेमालो आवस्यक रहेको बताउनुभयो ।

प्रतियोगितामा १५ वर्षमुनीको एकल पुरुषतर्फ १४, खुला महिलातर्फ आठ, खुला पुरुषतर्फ १७ तथा ३५ वर्षमाथीको उमेर समूह डबल्स पुरुषतर्फ १२ टोली सहभागी रहेको प्रतियोगिता संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको सबै विधामा प्रथम र द्वितिय हुनेलाई क्रमशः रु १५ हजार र रु सात हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै तृतिय हुनेलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता यही पुस ४ गतेसम्म जारी रहने छ । प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुङ्गा, खोटाङ, सिन्धुली, काठमाडौँलगायत जिल्लाका खेलाडीले सहभागिता जनाएका छन् । साहित्यकार, कृषि विज्ञ, चित्रकार तथा राजनितिज्ञ किरातीको ६५ वर्षको उमेरमा २०७८ पुस ४ गते निधन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖