चलचित्रमा पुनरागमन गर्दै नायिका थापा

काठमाडौँ, १३ पुस । भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । “हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ”, निर्मात्री ढुङ्गानाले भनिन् ।

चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी थिइन् । झण्डै ७० वटा चलचित्रमा अभिनय गर्नुभएकी नायिका थापाले पछिल्लो पटक २०६७ सालमा चलचित्र ‘सङ्घर्ष जिन्दगीको’ मा अभिनय गरेकी थिइन् ।

चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘ह्स्व दीर्घ’मा कलाकार ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ । “विश्वभर प्रदर्शन गर्न लायक बनाउन हामीले केही भारतीय र नेपाली कलाकारलाई साथमा लिएर चलचित्र बनाउँदै छौँ । यसमा भारतीय प्राविधिकसमेत रहनेछन्”, निर्देशक पन्तले भने ।

पशुपक्षी पाल्ने किसानले निब्र्याजी ऋण पाउने
त्रिशूली, १३ पुस । पुशपक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निब्र्याजी ऋण दिने भएको छ । यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिँदै आएको केन्द्रले यस वर्षदेखि उक्त अनुदान कटौती गर्दै पाँच वर्षसम्ममा फिर्ता गर्ने शर्तमा निब्र्याजी ऋण उपलब्ध गराउन लागेको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिनभुयो । उहाँका अनुसार पशुपक्षीपालन गर्ने किसानको व्यावसायिक योजनाका आधारमा कुल लगानीको २० प्रतिशतसम्म वा बढीमा रु १० लाख उपलब्ध गराउने गरेर ‘बीउ पूँजी परिचालन कोष’ सञ्चालनमा ल्याइएको छ । उक्त कोषमार्फत किसानले पेस गरेको व्यावसायिक योजनाका आधारमा तीन किस्तामा निब्र्याजी रकम प्राप्त गर्न सक्नेछन् ।

“किसानले अनुदान लिन पशुपक्षीपालनको दर्ता गरिएको तथा सञ्चालनमा रहेको फार्मले सुरुआतमा १० प्रतिशत, काम सुरु तथा विस्तारपछि ४० प्रतिशत र सम्पन्नपछि अन्तिम तथा तेस्रो किस्तावापत ५० प्रतिशत रकम पाउनेछन्”, पाण्डेले भन्नुभयो, “किस्ता प्राप्त गरेपछि किसानले हरेक वर्ष २० प्रतिशतका दरले पाँच वर्षमा उक्त निब्र्याजी रकम फिर्ता गरिसक्नुपर्नेछ ।”

नुवाकोटका किसानलाई निब्र्याजी रकम उपलब्ध गराउन ‘बीउ पूँजी परिचालन कोष’मा अहिले रु एक करोड ५० लाख रहेको छ । अपुग रकम बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराउने छ । मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पशुपक्षीपालक, कृषि फार्म सञ्चालन गर्ने तथा गरिरहेका किसानलाई उपलब्ध गराउन चालु आर्थिक वर्षमा रु ५५ करोड बजेट विनियोजन गरेको छ ।

अघिल्ला वर्षमा लगानी र उत्पादनमा आधारित भएर दिँदै आएको अनुदान कटौती गर्दै चालु आवदेखि किसानलाई निब्र्याजी ऋण उपलब्ध गराउने नयाँ कार्यक्रम मन्त्रालयले सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रमले परम्परागत शैलीको पशुपालन व्यवसायलाई आधुनिकीरकण, यान्त्रिकीकरण गर्दै पशुपक्षीजन्य उत्पादनको वृद्धि विविधिकरण र बजारीकरणलाई व्यवस्थित गर्न सकिने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।