कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य प्रोटोकल पालना गर्नु/गराउनु हुन पाख्रिबास नगरपालिकाको आग्रह
धनकुटा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय छिमेकी देश भारत र चीनमा समेत बढ्दै गएको र नेपालमा समेत यसको जोखिम रहेको भन्दै धनकुटाको पाख्रिबास नगरपालिकाले समेत पालिका भित्रका नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कोभिड-१९ वाट बच्न बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा सेनीटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्नु/गराउनु हुन स्वास्थ्य शाखा प्रमुख बसन्त राज निरौला र निमित्त प्रमुख प्रशासकिय अधिकृत गोर्ख बहादुर तामाङ् द्वारा संयुक्त रुपमा जारी सुचनामा जनाइएको छ ।
सुचनामा भनिएको छ : प्रस्तुत विषयमा स्वास्थ्य कार्यालय, धनकुटाको मिति २०७९/०९/२० गते च. नं. २९५१ को प्राप्त पत्र अनुसार COVID-19 को संक्रमण नेपालमा कम हुदै गएतापनि विश्वब्यापी रुपमा हेर्दा छिमेकि राष्ट्र लगायत केहि देशहरुमा संक्रमणका केहि स्वरूप (भेरिएन्ट) देखा परेको र सो को जोखिम तथा असार नेपालमा पनि पर्न सक्ने अवस्था प्रति सजक एवं सुसूचित हुन आवश्यक छ ।
सो लहर सुरु भइरहेको परीप्रेक्षमा कोभिड-१९ वाट बच्न बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा सेनीटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्नु/गराउनु हुन जानकारी गरिन्छ ।

यो पनि…
अनुदानको चुलो नौ महिनादेखि बेवारिसे
सिमकोट, २८ पुस (रासस)ःहुम्ला जिल्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएकोे सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे हुँदै आएको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन सय ५७ थान सुधारिएको चुलोमध्ये एकसय १७ थान नौ महिनादेखि बेवारिसेरूपमा राखिएको हो ।
गत वैशाखमा सल्लिसल्लाबाट खच्चरमा ढुवानी गरी उक्त पुल नजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको सोही गाउँपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिनुभयो ।
दुई सय सय ४० थान चुलो ट्याक्टरबाट सदरमुकाम सिमकोटमा लगिएकामा एक सय १७ थान चुलो भने खार्पुनाथमै बेवारिसे छोडिएको छ । ट्र्याक्टरबाट सिमकोट पु¥याइएको भाडा सम्बन्धित निकायले नदिएपछि दुई सय ४० चुलो ट्र्याक्टर मालिक कूल रावतको घरमा थन्क्याइएकोे बताइएको छ ।
आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको उहाँले गुनासो गर्नुभयो । ती चुला ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत लक्षित वर्गलाई वितरणका लागि भनी लेखिएको छ । उक्त गाउँपालिकाको कुन वडाले उक्त चुलो खरिद गरेको भन्ने पहिचानसमेत हुनसकेको छैन ।
बेवारिसे छोडिएका चुलो घामपानीका कारण खिया लागेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक रणबहादुुर थापाले गत आर्थिक वर्ष २०७७÷७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि बोलपत्रद्वारा कम्पनी छनोट गरी ती चुलो खरिद गरिएको बताउनुभयो । सिमकोटसम्म पु¥याउन जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई ती चुला वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
उक्त चुलोको एउटा कै रु आठ हजार पाँच सयमा खरिद भएको बताइएको छ । एक हजार एक सय १६ घरधुरीका लागि उक्त चुलो वितरणको जिम्मा गाल्भा निर्माण सेवा कम्पनीले लिएको तथ्य फेला परे पनि बाँकी सात सय ५९ चुलोको अत्तोपत्तो छैन ।
रु चौराननब्बे लाख ९४ हजार पाँच सय लगानी गरी खरिद गरिएकोे चुला अलपत्र अवस्थामा छन् । उक्त गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यस विषमा आफूलाई थाहा नभएको तर फाइल खोज्ने क्रममा ती चुलो वितरण कार्य सम्पन्न भइसकेको थाहा पाएको बताउनुभयो ।
दुई वर्षअघि नै पाइसक्नुपर्ने चुलो अझैसम्म कसैले पनि नपाएको देखिएको उहाँले जानकारी दिनुभयो । खरिद तथा ढुवानीको जिम्मा पाएको संस्थाका प्रतिनिधि कृष्ण केसीले भन्नुभयो,“भौगोलिक विकटता र हिमपातका कारण सबै चुलो हुम्लामा पु¥याउन नपाएको उल्लेख गर्दै थप कुरा गाउँपालिकाको कार्यालयमा गएर बुझ्न आग्रह गर्नुभयो। अब यस विषयमा छानबिन गरिने उक्त गाउँपालिकाले जनाएको छ ।


