खोटाङका किसान समूहलाई कृषि उपकरण वितरण

खोटाङ, १९ माघ (रासस) ः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई ११ हाते ट्र्याक्टर, तीन कम्बाईन मिल, एक थान कर्नसेलर, एक थान मल्टिक्रप थ्रेसर, दुई थान कोदो चुट्ने थ्रेसर दुई थान च्याफकटर प्रदान गरेको हो ।

परियोजना कार्यान्वयन इकाइ कार्यालय खोटाङले हाम्रा साना किसान सहकारी संस्थालाई दुई थान हाते ट्र्याक्टर, सूर्योद्धय कृषि सहकारी संस्था लिमिटेडलाई एक थान हाते ट्र्याक्टर, केउरेनी किसान समूह, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, सिर्जनशील किसान समूह, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, शिवालय बहुउद्देश्यीय कृषि तथा पशुफर्म, राजापानीलाई एक थान हाते ट्र्याक्टर, नवज्योति किसान समूह, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, आस्ना नमुना कृषि तथा पशु फार्म, दिक्तेललाई एक थान हाते ट्र्याक्टर, सम्पूर्ण बहुउद्देश्यीय कृषि तथा पशु फार्म, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, निर्मला बहुउद्देश्यीय कृषि तथा पशु फार्म, राजापानीलाई एक थान हाते ट्र्याक्टर, घिमिरे टनेल कृषि फार्म, खोल्लेलाई एक थान हाते ट्र्याक्टर र समावेसी कृषि तथा पशुपक्षी फर्म, नेर्पालाई एक थान हाते ट्र्याक्टर वितरण गरेको छ ।

यस्तै, सिर्जनशील बाख्रा फार्म दोर्पाचिउरीडाँडालाई एक थान कम्बाईन मिल, सुजता बहुउद्देश्यीय कृषि तथा पशु फार्म, निर्मलीडाँडालाई एक थान कम्बाईन मिल र एक थान च्याफकटर, रामपुर अर्गानिक कृषि फार्म, नेर्पालाई एक थान कम्बाईन मिल वितरण गरिएको छ । कोपिला कृषि तथा पशुपक्षी फार्म, नेर्पालाई एक थान मल्टिक्रप थ्रेसर, मालिमारे बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म, विजयखर्कलाई कोदो चुट्ने एक थान थ्रेसर, मनमाया बहुउद्देश्यीय कृषि तथा पशु फार्म, विजयखर्कलाई कोदो चुट्ने एक थान थ्रेसर, कविराज बहुउद्देश्यीय कृषि तथा पशु फर्म, विजयखर्कलाई एक थान कर्नसेलर र ट्याम्के सिद्धकाली बाख्रा फार्म, बाँझेच्यानडाँडालाई एक थान च्याफकटर प्रदान गरिएको छ ।

कृषि यान्त्रिकरण उपकरण वितरणका लागि चालु आर्थिक वर्ष विनियोजित रु २५ लाखमध्ये किसानको सहित रु १३ लाख २४ हजारको कृषि यान्त्रिकरण उपकरण खरिद गरेर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङका नायब सुब्बा ध्रुवकुमार कार्कीले जानकारी दिनुभयो । दिक्तेलमा बुधबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले कृषि सहकारी, कृषि फर्म र कृषक समूहका प्रतिनिधि एवम् किसानलाई कृषि यान्त्रिकरण उपकरण हस्तान्तरण गर्नुभएको हो ।

विनियोजित रकममध्ये बाँकी रहेको रकमको कृषि उपकरण क्रमशः वितरण गर्ने योजना बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले जनाएको छ । परियोजना कार्यान्वयन इकाई खोटाङले जिल्लामा तरकारी र बाख्रा जोन कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा आर्थिक वर्ष २०७२÷७३ बाट सञ्चालन हुँदै आएको छ । परियोजनामार्फत जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन)का कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।