ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर हुने

ताप्लेजुङ, २७ माघ (रासस) :ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो ।

यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने बताइएको छ । पहिलो दिन फागुन १० गते फक्ताङलुङ गाउँपालिकामा पर्ने सिवाँ स्वास्थ्य चौकीमा, ११ गते छिरुवा ग्राउन्डमा, १२ गते हान्द्रुङ टारमा, १४ गते ओलाङचुङगोला स्वास्थ्य चौकीमा र १७ गते स्वास्थ्य चौकी घुन्सामा आँखाको स्वास्थ्य जाँच र सामान्य उपचार सेवा प्रदान गरिनेछ ।

आगामी फागुन १० देखि १७ गतेसम्म हुने शिविरमा आँखा परीक्षण र उपचारका साथै मोतियाविन्दुका बिरामीको पहिचान हुनेछ । मोतियाविन्दुका बिरामीको शल्यक्रिया भने फागुन १९ र २० गते फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा हुने गाउँपालिका उपप्रमुख विकास साम्रा (लिम्बू) ले जानकारी दिनुभयो । शल्यक्रियामा डा सन्दुक रुइत सहभागी हुने लिम्बूले बताउनुभएको छ ।

दुर्गम गाउँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाले शिविरको आयोजना गरेको उपप्रमुख लिम्बूले बताउनुभयो । शिविरमा नगरपालिकासहित नजिकका जुनसुकै गाउँपालिकाका बिरामीले सेवा लिन सक्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖