खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा एक हजार १३७ जनाको आँखाको परीक्षण, ६४ जनामा को मोतिविन्दुको शल्यक्रिया

खोटाङ, ५ फागुन  ।   खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा आयोजित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरबाट एक हजार १३७ जना आँखाका बिरामीले सेवा पाएका छन् । जिल्ला आयुर्वेद अस्पताल दिक्तेलमा मंगलबारदेखि बिहीबारसम्म सञ्चालन गरिएको शिविरमा ६४ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया, नौ जनाको टेरिजिएम शल्यक्रिया र तीन जनाको इन्ट्रोपिएन शल्यक्रिया गरिएको छ ।

 शिविरमा आएका चार सय सेवाग्राहीलाई हेल्पिङ हेण्ड अस्पताल काठमाडौंको सहयोगमा नेपाल नेत्र ज्याति संघ खोटाङमार्फत निःशुल्क चश्मा वितरण गरिएको छ । आँखाका समस्या भएका बिरामीलाई जिल्लामै सेवा दिने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवानगरी नगरपालिका र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र (शिक्षण अस्पताल) महाराजगञ्ज, काठमाडौंको आयोजना तथा नेपाल नेत्रज्योति संघको आयोजनामा शिबिर सञ्चालन गरिएको हो ।

शिविरमा दिक्तेल अस्पतालचोकका १०३ वर्षीय खड्गबहादुर राउतको आँखाको मोतिविन्दुको सफलतापुवर्क शल्यक्रिया गरिएको छ । यस्तै, ४४ वर्षीय कुमारी मुग्राती र चिनाकुमारी आचार्यको मोतिबिन्दुको शल्यक्रिया गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिए । शिबिरमा आइपुगेकी ८४ वर्षीय फुलसरी राईको दुबै आँखामा भएको मोतिविन्दुको एकैपटक शल्यक्रिया गरिएको छ ।

रावाबेँसी गाउँपालिका–६ हौंचुरका जन्मजात अपांगता भएर हिँडडुल गर्न नसक्ने ६० वर्षीय पुर्ण गुरुङको मोतिबिन्दुको शल्यक्रिया गरिएको मेयर भट्टराईले जानकारी दिए । नगरपालिकाको आग्रहमा प्राध्यापक डा. आनन्दकुमार शर्मा नेतृत्वको टोलीले शुभद्रा मदन फाउण्डेसन, सोल्माका ९३ जना विद्यार्थी तथा कर्मचारीको आँखा परिक्षण गर्दै परामर्श सेवा प्रदान गरेको छ । बालकदेखि ज्येष्ठ नागरिकको मोतियाविन्दु, टेरिजियम र इन्ट्रोपिएन लगायतको शल्यक्रिया तथा आँखा सम्वन्धी समस्या भएका बिरामीको सेवाका लागि शिबिर सञ्चालन गरिएको हो । 

शिविरमा काठ्माडौं टिचिङ अस्पतालबाट टिम लिडरको नेतृत्व गरेका सह–प्राध्यपक डा. रञ्जु सिटौला खरेल, प्रशासन प्रमुख कमलप्रसाद घिमिरे, डा. विपिन विष्ट, डा. रमेश भण्डारी, डा. कृष्णादेबी श्रेष्ठ, शिबिर इन्चार्ज रमेश प्रधान, शिविर समन्वयकर्ता पूण्यप्रसाद आचार्य लगायत १३ जनाको टोलीले आँखा जाँच तथा शल्यक्रिया गरेका थिए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।