तेह्रथुममा ग्रासरुट अभियान अन्तर्गत जिल्ला बैठक सम्मन्न

तेह्रथुम । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत आज प्रदेश १ का बिभिन्न जिल्लाहरुमा बैठक, भेला, लगायत अन्य बिभिन्न गतिबिधी भएका छन् ।

आज तेह्रथुम जिल्लाको सदरमुकाममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका इन्चार्च क. राजेन्द कुमार गौतमको प्रमुख अतिथिमा मिशन ग्रासरुट अभियान अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्याक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि गौतमले पार्टीमा देखिएको बिसंगति, बेतिथि, स्थानीय तहमा देखिएको गुटगत राजनैतिक राजनैतिक अन्त्य गर्दै दशौ राष्ट्र्रिय महाधिबेशनले तय गरेको नारालाई सार्थक तुल्याउन यो अभियान कोशे ढुंगा साबित हुने बताउनु भयो । उहांले टोल कमिटी देखि केन्द्रिय स्तर सम्म पार्टीलाई एक ढिक्का बनाई राख्नको लागि पार्टी प्रति इमान्दार देखाउनु पर्ने जिकीर गर्नु भयो ।

नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष क. तुलसी न्यौपानेले पार्टी निर्माणमा वडा देखि नै सदस्यहरु अनुशासन भई जनताको आबश्यकतालाई ख्याल राखी उनीहरुको समस्या हल गर्न तर्फ पनि लाग्नु पर्ने बताउनु भयो । पार्टीको तल्लो निकाय देखि नै अनुसाशन कायम गर्न सकियो भने संगठन निर्माण मजबुद हुने र अन्तत पार्टीले स्थानीय निकाय, प्रदेश र संघमा समेत जनताले जिताउने कुरामा हामी ढुक्क हुने सक्ने वाताबरण रहने बताउनु भयो ।

अभियानमा जिल्ला खटिनु भएका नेकपा एमालेका केन्द्रिय सदस्य क.यज्ञराज सुनुवारले भुगोल दरो सखुवाको पिलर जस्तो बनाउनु पर्छ । नेपाली काग्रेसले समाजबादको कुरा खुल्ला बजारमा देखिएको समाजबादको वकालत गर्ने गर्दछ ठुला पुंजिपतिको रक्षा मात्र गर्ने गर्दछ । तर हामी हाम्रो पाटीैले श्रमजिवीको वकालत गर्दै समाजबाद कुरा गर्छौ ।

केन्द्रिय सदस्य क.हरि बहादुर राईले पाटीमा सम्लग्न सबै नेता कार्यकर्ताहरुले पार्टीले लिएको नितिलाई अक्षरस पालना गर्न सकिए हाम्रो पार्टी अरु पाटीै भन्दा अब्बल हुने दाबि गर्नु भयो ।कार्यक्रम तेह्रथुम जिल्लाका जिल्ला अध्यक्ष तेजमान कन्दङवाको अध्यक्षता सम्पन्न भएको थियो ।

यसै गरी तेह्रथुम जिल्लाका स्थानीय पालिका अन्तर्गत लालिगुरासं गाउँपालिका मा फाल्गुन १३ गते र छतर गाउपालिकामा फाल्गुन १४ गते भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय सदस्य बिजय सुब्बाको प्रमुख अतिथिमा सम्पन्न भएको छ भने जिल्लाको म्याङलुगं नगरपालिकामा फाल्गुन १२ गते मिशन ग्रासरुट कार्यक्रमको प्रमुख अतिथि केन्दिय सदस्य यज्ञराज सुनवारको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।