मिसन ग्रासरुटः समाजलाई योगदान गर्नेको पहिचान देखि पार्टी प्रवेशको लहर

विराटनगर । नेकपा एमालेले देशब्यापी रुपमा थालेको मिसन ग्रासरुट अभियानले प्रदेश १ मा तिब्रता लिँदै गएको छ ।

पार्टीका केन्द्रीय नेताहरु सहित प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरु यतिबेला विभिन्न योजना लिएर जनताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न गरेर यतिबेला पालिका र वडास्तरका विस्तारित बैठक सम्पन्न हुने क्रममा रहेका छन् । कतिपय स्थानीय तहमा दोस्रो चरणको बैठक बसेर समाजमा उल्लेख्य योगदान पु¥याउनेहरुको पहिचान गर्ने, सामाजिक आवश्यकताहरुको पहिचान गर्ने र छलफलका क्रममा आउने समस्याहरुको समाधान खोज्ने क्रममा यतिबेला एमालेका कमिटीहरु सक्रिय छन् ।

मिसन ग्रासरुट अभियानमा विराटनगर महानगरपालिकामा खटिनुभएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले अभियान महानगरमा तिब्रतर रुपमा अघि बढिरहेको बताउनुभयो । आजमात्रै विराटनगरका १,४,६ र ८ मा बिस्तारित बैठकहरु भएको उहाँले जानकारि दिनुभयो । विराटनगरका वार्ड कमिटीहरुले समाजमा उल्लेख्य योगदान गर्ने, उद्योगी व्यवसायी, शिक्षण सस्था, धार्मीक सस्थाहरु, विभिन्न क्लव लगायतका समाजमा कृयाशिल संघसंस्था र तिनमा उल्लेख्य योगदान गर्नेहरुको पहिचान गर्ने कार्य आरम्भ गरेको नेकपा एमाले विराटनगर महानगरका उपसचिव जयप्रकाश महतोले जानकारी दिनुभयो ।

यस्तै मोरङकै उत्तरी क्षेत्रमा खटिनुभएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य देबेन्द्र दाहालले बेलबारी र केराबारीलगायतका पालिकामा अभियान अन्तर्गत विस्तारित बैठक सम्पन्न गरि प्रशिक्षण कार्यक्रमको तालिका बनाउने काम सम्पन्न गरेको बताउनुभयो । यस्तै सदस्यता नविकरण शिविर भोलीदेखि सञ्चालन गर्नेदेखि २७ गते बेलबारी र २८ गते पालिकास्तरीय प्रशिक्षणको कार्यक्रम तय भएको छ । मोरङकै जहदा र धनपाल थान र कटहरी गाउँपालिकामा पनि पालिकास्तरीय विस्तारित बैठकहरु आरम्भ भएको नेकपा एमालेका केन्द्रिय सदस्य जगदिश कुसियैतले जानकारी दिनुभयो । उहाँका अनुसार आज जहदा गाउँपालिकाको बिस्तारित बैठक बसेको छ भने धनपालथानमा १८ र कटहरीमा २० गते पालिकास्तरीय बैठक बस्ने तय भएको छ ।

यस्तै प्रदेश १ कै ओखलढुङ्गामा पनि पालिकास्तरीय बैठकहरु सम्पन्न भइ वडा कमिटीहरुको बिस्तारित बैठक आरम्भ गर्न लागिएको छ । अभियन्ता नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख घनश्याम खतिवडाका अनुसार फागुन ११ मा जिल्ला कमिटीको विस्तारित बैठक बसेर आरम्भ भएको अभियान अब वडा तहमा पुगेको छ । यस्तै अभियानकै क्रममा फागुन २१ गते सिद्धिचरण नगरपालिकामा शहिद दिवस विशेष कार्यक्रममा बिच मनाउने तयारी भइरहेको खतिवडाले जानकारि दिनुभयो ।

उता सोलुखुम्बु जिल्लामा पनि पालिकास्तरका विस्तारित बैठकहरु सम्पन्न गरि वडा तहका बैठकहरु र वडा तहसम्मका जनसंगठनका कमिटीहरु निर्माण सम्पन्न भएको अभियान्ता केन्द्रिय सदस्य नरेन्द्र श्रेष्ठले जानकारि दिनुभयो ।

प्रदेश १ कै पूर्वी हिमाली जिल्ला ताप्लेजुङ्गमा पनि मिसन ग्रासरुट अभियान तिब्र रुपमा अघि बढेको छ । आज ताप्लेजुङ्गको श्रीजङ्घा गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ भने फुङलिङ नगरपालिकाको छलफल जारि रहेको नेकपा एमाले ताप्लेजुङ जिल्ला कार्यलय सचिव लिलाचक्र गुरुङले बताउनुभयो ।
यस्तैगरि खोटाङमा पनि अभियानलाई तिब्र रुपमा अघि बढाइएको छ । पालिका कमिटीहरुको बैठक सम्पन्न गर्दै वडास्तरीय बैठकहरुको आयोजना गर्न थालिएको छ । अहिलेसम्म ७ वटा पालिकामा बिस्तारित बैठकहरु सम्पन्न भइ चार वटा पालिकामा वडास्तरिय बैठकहरु सुरु भएका छन् । यस्तै सदस्यता नविकरणका लागि शिविर पनि सञ्चालन गरिएको छ । नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालका अनुसार जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ र दिप्रुङमा शिविर सञ्चालन भइरहेको हो ।

सुनसरीमा पनि मिसन ग्रासरुट अभियान आरम्भ भएको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारि दिनुभयो । उहाँका अनुसार जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न गरि पालिकास्तरको अभियान अघि बढेको छ ।

उता संखुवासभा जिल्लामा भने आज जिल्ला कमिटीको विस्तारित बैठक बसेर विभिन्न योजनाहरु तर्जुमा गरिएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा विभिन्न पार्टि परित्याग गरि ३५ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्नेहरुमा एकिकृत समाजवादीका पार्टी प्रदेश कमिटी सदस्य बद्रि सापकोटा, जिल्ला कमिटी उपसचिव, यमबहादुर सुब्बा, सभापोखरी पालिका कमिटीका अध्यक्ष गंगाप्रसाद सापकोटा, माओवादी केन्द्रका सभापोखरी पालिका कमिटी उपाध्यक्ष शेरबहादुर खड्कालगायतका नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई नेकपा एमाले प्रदेश इन्चार्ज गौतम, प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेलगायतले अबिर खादा लगाएर स्वागत गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖