रास्वपाको चुनाव चिह्न फेरियो

काठमाडौँ, १७ फागुन (रासस) :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।

रास्वपाका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले पार्टीले निर्वाचन आयोगमा पेस गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेस गरेको संशोधन प्रस्तावलाई निर्वाचन आयोगका बैठकले स्वीकृत गरेसँगै चुनाव चिह्न ‘घण्टी’ कायम भएको जानकारी दिनुभयो ।

रवि लामिछाने नेतृत्वको रास्वपाले गत मङ्सिर ४ गतेको निर्वाचनमा गोलो घेराभित्रको घण्टी चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएको थियो । प्रतिनिधिसभामा मात्र उम्मेदवारी दिएको रास्वपाले प्रतक्ष्यमा सात सिट र समानुपातिकमा १३ सिट ल्याएको थियो थियो ।

नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन
नेपालगञ्ज १७ फागुन (रासस) :
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन गर्नुभएको छ ।

उहाँले निर्माणाधीन नयाँ टर्मिनल भवनको विषयमा जानकारी लिँदै सो टर्मिनल भवन समयमा नै सक्न निर्देशन दिनुभयो । सन् २०१७ मा निर्माण भएको गुरुयोजनाका आधारमा नेपालगञ्जमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण थालिएको छ ।

रु तीन अर्ब लागतमा निर्माण हुन लागेको उक्त भवनमा १४ टिकट काउण्टर, ७२ विभिन्न पसल, तीन भिजिट कक्षलगायत रहने विमानस्थल परियोजनाले जनाएको छ । सड्तीस महिनाभित्रमा काम सक्ने लक्ष्य राखिएको टर्मिनल भवनमा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग हुने बताइएको छ ।

अनुगमनपछि नेपालगञ्ज विमानस्थलको स्तरोन्नति, विकास तथा विस्तारसम्बन्धी अन्तक्र्रियामा मन्त्री किरातीले नयाँ निर्माण हुन लागेको टर्मिनलको काम १० प्रतिशत पूरा भएको उल्लेख गर्दै छिटो काम गर्ने नाममा गुणस्तरलाई ध्यान दिनसमेत आग्रह गर्नुभयो । उहाँले पर्यटनको आधार भौतिक पूर्वाधार, जहाज र सडक भएको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनबाट आर्थिक विकास हुनसक्ने बताउनुभयो ।

बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभाका सदस्य डा धवलशम्शेर राणाले नेपालगञ्जबाट दिल्ली, देहरादुन र चण्डीगढ उडान भए यसले यस क्षेत्रको विकासमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले पनि जग्गा अधिग्रहणको रकम स्थानीयले नपाएको गुनासो आएको उल्लेख गर्दै मानसरोवरको दृश्यावलोकन गरेर पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले नयाँ बन्न लागेको टर्मिनल भवनबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुने जानकारी दिँदै विगतका तुलनामा हवाई उडानमा परिवर्तन भएको बताउनुभयो । सो अवसरमा गुरुयोजनाको विस्तृत विवरणसमेत प्रस्तुत गरिएकोे थियो ।

यसैबीच प्रतिनिधिसभा सदस्य डा राणा, नेपालगञ्ज उपमहानगरपाकिाका प्रमुख प्रशान्त विष्टलगायतले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीलाई ज्ञापनपत्र बुझाउँदै नेपालगञ्जलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न ध्यानाकर्षण गराउनुभएको थियो । उहाँहरूले देशको सबैभन्दा बढी क्यासिनो तारे होटेल उपमहानगरमा सञ्चालनमा रहेको उल्लेख गर्दै यसलाई भारतीय सहरसँग जोड्न हवाई मार्ग आवश्यक भएको बताउनुभयो ।

हाल बुद्ध एअरले अनुमति पाएमा नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–चण्डीगढ र नेपालगञ्ज–देहरादुन हवाई उडान गर्न तयार भएको उल्लेख गर्दै डा राणाले नेपाल पक्षबाट उक्त उडानको माग गरिदिन आग्रह गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।