ज्येष्ठ नागरिकलाई घरैमा उपचार अभियान सुरू

प्रकाश पाक्साँवा.तेह्रथुम, २५ फागुन । तेह्रथुमको छथर गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरैमा पुगेर सम्मानसहित उपचार अभियान सुरु गरेको छ । ११० वर्षीय टेकबहाद्र बस्नेतलाई सम्मानसहित घरैमा स्वास्थ्य उपचार गर्दै  अभियान सुरु गरिएको हो । 

 

स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच र निःशुल्क औषधि प्रदान गरेका छन् । ‘गाउँपालिका नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी लौरो उपचार’ भन्ने नाराका साथ अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले जानकारी दिए । 

 

गाउँपालिकाको ६ वटै वडाहरूमा स्वास्थ्यकर्मीहरू सहित जनप्रतिनिधिहरूको टोलीले स्वास्थ्य उपचार र औषधि वितरण सुरु गरेको छ  । पालिकामा रहेका ६० वर्षमाथिका दलित र ७० वर्ष माथिका अन्यलाई सेवा दिँदै आएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । 

स्वास्थ्य जागरण अभियानअन्तर्गत गाउँपालिकाले नागरिकहरूलाई घरदैलोसम्मान तथा उपचारका साथै गाउँपालिका साथी लोरौ उपचार कार्यक्रम सञ्चालन गरेको प्रवक्ता नेपालीले बताए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖