राष्ट्रिय युवा संघ खोटाङ विभाजित

खोटाङ, २६ फागुन ।  एमाले निकट राष्ट्रिय युवा संघ खोटाङ विभाजित भएको छ । बिहीबार हलेसीमा आयोजना गरिएको जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा युवा संघको छुट्टाछुट्टै समानान्तर कमिटी गठन भएको छ । युवा संघका उपमहासचिव रमेश तिवारी अध्यक्ष रहेको अध्यक्ष मण्डलबाट रोशनको अध्यक्षतामा युवा संघको ५९ सदस्यीय जिल्ला कमिटी गठन गरेको सार्वजनिक भएलगत्तै शुक्रबार असन्तुष्ट पक्षले रसकुमारको अध्यक्षतामा युवा संघको समानान्तर कमिटि गठन गरेको हो । 

 

बन्दसत्रमा सहमतीको प्रयास असफल भएपछि अध्यक्ष मण्डलले दिक्तेल पुगेर माले पार्टी कार्यालयबाट रोशनको नेतृत्वमा युवा संघ गठन भएको जानकारी दिएको थियो । रोशन नेतृत्वको युवा संघको उपाध्यक्षमा रामकृष्ण राई, सचिवमा सविन राई, उपसचिवमा लक्ष्मी गुरुङ, सुरेश राई र कोषाध्यक्षमा भैरब बस्नेत छन् ।

 

यस्तै, रसकुमार नेतृत्वको युवा संघको उपाध्यक्षमा पुस्कल राई, सचिवमा वीरेन्द्र मगर, सह–सचिवमा जगत किराती, मनोज राई, समी थुलुङ तथा कोषाध्यक्षमा रमेश परियार चयन भएको जानकारी दिइएको छ । रसकुमार नेतृत्वमा बनाइएको युवा संघको जिल्ला कमिटि सदस्यहरु अधिवेशनले टुंग्याए बमोजिम हुने विज्ञाप्तीमा उल्लेख छ । रसकुमार यसअघि पनि युवा संघको जिल्ला कमिटि अध्यक्ष थिए । रोशन नेतृत्वको टिमले आफूलाई आधिकारिक दावी गरिरहेको छ । 

 

पार्टी नेतृत्वले प्रतिनिधिहरुको भावना विपरित बन्द कोठाबाट युवा संघको जिल्ला कमिटी घोषणा गरेको, संगठनमा योगदान गरेका व्यक्तिको अवमुल्यन गर्दै विधानविपरीत दशैंको दक्षिणाजस्तो आफ्नो मान्छेलाई कमिटीमा राखेर घोषणा गरेको असन्तुष्ट पक्षको आरोप छ । अध्यक्ष मण्डलका अध्यक्ष तिवारीले आकांक्षी धेरै भएकाले समस्या आएको तर तीन दिनभित्र दुबै पक्षलाई राखेर समस्या हल गर्ने बताए । जिल्ला अधिवेशन युवा संघका केन्द्रीय महासचिव क्षितिज थेवेले उद्घाटन गरेका थिए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।