खोटाङमा एक हजार ८० जनाको मिर्गौला परिक्षण, ९६ जनामा प्रथम चरणको लक्षण

खोटाङ, २६ फागुन ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क मिर्गौला परिक्षण शिविरमा ९६ जनालाई मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पाइएको छ ।

 

बिश्व मिर्गौला दिवसको अवसर पारेर दिक्तेलमा आयोजना गरिएको निःशुल्क मिर्गौला परिक्षण शिविरमा एक हजार १८० जनाको स्क्रिनिङ गर्दा ९६ जनामा मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पत्ता लागेको हो । ६६१ महिला र ५१९ पुरुष सेवाग्राहीमध्ये मिर्गौलाको थप परिक्षण गर्न समन्वय गरेर गरेर जिल्ला अस्पताल पठाइएको नगरका स्वास्थ्य संयोजक खेमराज आचार्यले बताए । शिबिरमा डिपिस्टिक विधिबाट मिर्गौलाको अवस्थाको अवस्थाको बारेमा परिक्षण गरिएको थियो । 

 

जाँचका क्रममा ४२ जनाको पिसावमा चिनीको मात्रा देखा परेको र २०२ जनाको उच्च रक्तचाप रहेको पाइएको थियो । शिबिरमा ६० वर्षमाथिका १४४ जनाले सेवा लिएका छन् । मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेका बिरामी, उच्च रक्तचाप र मधुमेहको समस्या देखा पर्न लागेका बिरामीलाई विशेषज्ञ डाक्टरले आवश्यक परामर्श प्रदान गर्नुका साथै थप जाँच र परिक्षणको लागि अस्पताल जान सल्लाह दिएका छन् । नगरबासीको मिर्गौलाको अवस्था बारे जानकारी लिने र मिर्गौला रोगबाट सुरक्षित राख्ने लक्ष्यका साथ नगरपालिकाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा निःशुल्क मिर्गौला परिक्षण शिविर तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । 

 

सरस्वती माबिको प्रांगणमा आयोजना गरिएको शिबिरमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलीले मिर्गौलाको स्क्रिनिङ, पिसाव र सुगर जाँच गरेर मिर्गौलाको अवस्थाको बारेमा परिक्षण गरेका थिए । मिर्गौला बिग्रिएर उपचार गराउनुपर्ने अवस्था आए लाखौं खर्च गरी उपचार गराउनुपर्ने वाध्यात्मक अवस्थासम्म पुग्न नदिन शिबिरको आयोजना गरिएको मेयर तीर्थराज भट्टराईले बताए । 

 

डा. काफ्लेले मिर्गौलाको चेकजाँचसँगै जिल्लाका ७९ वडाका स्वास्थ्यचौकी प्रमुखलाई मिर्गौला रोगबाट जोगिने र रोग लागिहालेमा परिक्षण गर्ने विधिका विषयमा प्रशिक्षण दिएका छन् । प्रशिक्षणपछि जिल्लाका स्वास्थ्यकर्मी आ–आफ्नो वडामा मिर्गौला जाँच गर्न सक्षम बनेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए । १५ वडा रहेको नगरपालिकाले नगरभित्रका १० हजार ७११ घरधुरीका घर–घरमा पुगेर ४३ हजार २९५ नागरिकको मिर्गौलाको परिक्षण गर्ने लक्ष्य राखेको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।