राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा निरन्जन ढुंगाना

विराटनगर, १ चैत । राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगरपालिका कमिटी अध्यक्ष निरन्जन ढुंगाना चयन भएका छन् ।  संघको ९औं महाधिवेशनबाट ढुंगानाको नेतृत्त्वमा नयाँ समिति चयन भएको हो ।

महाधिवेशनले उपाध्यक्षमा पप्पु अन्सारी, सचिवमा सागर लामा, सहसचिवमा अमर हुसेन, सहसचिवमा अविषेक केडिया र कोषध्यक्षमा प्रमिला राजवंशीलाई चयन गरेको छ । महाधिवेशनबाट ३८ सदस्यीय नगर कमिटी चयन गरिएको छ । 
 

सुनकोसीका सबै सडक स्तरोन्नति हुँदै
चौतारा, १ चैत (रासस) :
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो ।

उक्त सडकखण्डमा बाह्र महिनानै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सडक स्तरोन्नति लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नाका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ । सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन् ।

पालिकाभित्रका सडकको वर्गीकरण गरेर सङ्घ, प्रदेश र स्थानीय सरकारले स्तरोन्नति गर्ने अध्यक्ष तिमल्सिनाले बताउनुभयो । आगामी पाँच वर्षभित्र पालिकाभित्रका सबै सडक स्तरोन्नति गरिसक्ने उहाँको भनाइ छ । “सडक चौडा, नाला निर्माणलगायत काममा के–कति खर्च लाग्छ,सबै जनताका अघि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ”, वडा नं ६ का पूर्ववडाध्यक्ष रामकुमार थापाले भन्नुभयो ।

सडक विस्तारः हिउँदमा धुलो बर्खामा हिलो

सिन्धुपाल्चोकको बलेफी जलविरे ढाडेअन्तर्गत सडक निर्माणका क्रममा हिलो र धुलो अत्यधिक हुँदा स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । हिलोका कारण दुर्घटना र धुलोका कारण स्वास्थ्यमा असर परिरहेको स्थानीयवासीको भनाइ छ । धुलोका कारण घाँटी दुख्ने, रुघाखोकी र सास फेर्न गाह्रो हुने समस्या बढ्दै गएको छ । स्थानीय देवीमाया नेपालले धुलोका कारण स्वास्थ्यमा असर पर्नुका साथै वातावरण समेत प्रदूषित हुँदै गएको बताउनुभयो । “हिउँदको समयमा पनि सडक कतै हिलाम्मे र कतै धुलाम्मे छ । सडक आसपास बसोबास गर्ने तथा पैदलयात्री, र मोटरसाइकलमा यात्रा गर्नेलाई निकै सास्ती हुने गरेको छ”, उहाँले भन्नुभयो ।

स्थानीय भीमबहादुर विकले अत्यधिक धुलोका कारण यात्रा गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक यात्रा गर्न समस्या छ, निर्माणकार्य सुस्त गतिमा भइरहेकाले पनि अत्यधिक धुलो भएको हो ।” यतिबेला सडक विस्तारका साथै वरपर नाली मर्मत तथा भित्ता उठाउने काम भइरहेको छ ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी अनक कविर जेभी कन्ट्रक्सन प्रालिका प्रतिनिधि गोरेबहादुर तामाङ करिब ९५ प्रतिशत काम सकिएको बताउनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।