अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्याण्डमा

काठमाडौँ, ३ चैत (रासस) :अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचाँै सम्मेलन थाइल्याण्डको बैंककमा हुने भएको छ । आगामी जेठ २० र २१ मा हुने सम्मेलनमा विश्वभरिका विभिन्न देशमा क्रियाशील परिषद्का दुई दर्जन बढी स्थायी, राष्ट्रिय र सम्बन्धन सदस्यबाट पाँच सय जना प्रतिनिधिको उपस्थिति हुने परिषद्का महासचिव मोहन गोले तामाङले जानकारी दिनुभयो ।

सम्मेलन सम्पन्न गर्नका लागि मूल व्यवस्थापनको जिम्मेवारी तामाङ समाज थाइल्याण्ड र तामाङ समाज म्यानमार (बर्मा)लाई दिइएको परिषद्का उपाध्यक्ष टासी लामाको भनाइ छ ।

परिषद्को पाँचौँ सम्मेलनबाट संसारभर रहेका तामाङ जातिको एकतालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिकरुपमा जोड्दै नीति र नेतृत्व चयनका लागि विभिन्न व्यक्तिहरुको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति, विधान मस्यौदा समिति, साङ्गठनिक तथा आर्थिक समिति, सांस्कृतिक पुनस्र्थापना कार्ययोजना समिति, समसामयिक प्रस्ताव समिति गठन गर्नुका साथै अध्यक्ष मण्डल र निर्वाचनमण्डल समेत गठन गरेको जनाइएको छ ।

परिषद्को अध्यक्ष भने जुन मुलुकका सम्मेलनको आयोजना हुन्छ सोही मुलुकको अध्यक्ष हुने व्यवस्था छ । त्यसैअनुरुप पाँचौँ सम्मलेनबाट थाइल्याण्डले अध्यक्ष पाउनेछन् । हाल भारतका के एम तितुङ अध्यक्ष छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।