पदम लिम्बू मृ’त्यु प्रकरणमा छानविन गर्न सरकारले समिति गठन गर्ने

काठमाडौँ, ११ चैत (रासस) : सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि आह्वान गरेको छ ।

कृषि कार्यमा प्रेरणा थप्दै वडाध्यक्ष
भजनी, ११ चैत (रासस) ः
कैलालीको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघिनै कृषि कार्यमा आबद्ध हुनुहुन्छ । उहाँले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गर्नुभएको छ । सात बिघा क्षेत्रफलमा उखु, माछापालन, गुड मिल सञ्चालन र तरकारी खेती गर्दै आउनुभएको छ ।

उहाँले यस वर्ष आलु खेतीबाट पनि राम्रो आम्दानी भएको बताउनुभयो । “हामीले कृषिलाई नै प्राथमिकता दिनुपर्छ । हिजोका दिनमा परम्परागत कृषि गथ्र्यौ । अहिले आधुनिक कृषि गर्दै आएका छौँ”, वडाध्यक्ष ठकुल्लाले भन्नुभयो, “सामाजिक क्षेत्रमा लाग्न पनि कृषि महत्वपूर्ण छ । राजनीति गरेर पैसा कमाउन सकिँदैन । कमाएको पैसा खर्च गर्न राजनीति गर्नुपरेको जस्तो छ ।”

कृषिबाटै समृद्धिको सपना देख्नुभएका ठकुल्लाले आफूले मात्रै नभई गाउँका युवालाई समेत कृषिमा प्रेरित गर्दै आउनुभएको छ । उहाँले स्थानीयलाई कृषिमा प्रेरित गर्नकै लागि कृषि सहकारी संस्था स्थापना गर्नुभयो । “सहकारी आज कृषकका लागि निकै लाभदायक बनेको छ । करोडौँको सम्पत्ति जोडिएको छ”, वडा अध्यक्ष ठकुल्ला भन्नुहुन्छ, “हामीले आदर्शका कुरा गर्छौं तर हाम्रोस्तर कहाँ छ त्यसको खोजी गर्दैनौँ । राजनीतिमा युवालाई जोड्नु पहिले व्यवसायमा जोड्न सके त्यसले समृद्धिलाई भेट्न सहज हुन्छ ।”

नगरपालिका–८ श्रीलङ्का क्षेत्र नगरपालिकाबाट विकट क्षेत्र हो । कर्णाली नदी पारी रहेको श्रीलङ्का बर्दिया जिल्लासँग नजिक भए पनि टीकापुरबाट टाढा छ । त्यहाँका किसान जङ्गली जनावरका कारण आजित छन् । नजिकै जङ्गल भएकाले अन्न्न बाली जङ्गली जनावरले नष्ट गर्ने भएपछि पटकपटक फरक खेती गर्दै आएका किसानले यसपटक आलु खेतीलाई प्राथमिकतामा राखे । त्यो विकल्प वडाध्यक्ष ठकुल्लाले रोज्नुभएको थियो । त्यहाँ यस वर्ष २३ बिघा क्षेत्रफलमा आलु खेती विस्तार गरियो ।

अन्य अन्न बालीजस्तो जङ्गली जनावरले नष्ट नगर्ने आलु खेतीबाट राम्रो उत्पादन भएपछि किसान खुसी छन् । व्यवसायी किसान धनसिंह साउँदले एक बिघा क्षेत्रफलमा मात्रै करिब ८० क्विन्टल आलु फलेको बताउनुभयो । समूहमार्फत व्यावसायिक आलु खेती गर्नुभएका साउँदले राम्रो उत्पादन दिएको बताउनुभयो । उक्त समूहमा वडाध्यक्ष ठकुल्ला पनि आबद्ध रहनुभएको छ । “जङ्गली जनावरबाट बाली बचाउन आलु खेती गरेका थियौं । उत्पादन सोचेभन्दा राम्रो भयो”, उहाँ भन्नुहुन्छ, “बजारीकरणको समस्या नभए आउँदो वर्ष ४० देखि ५० बिघामा आलु खेती गर्ने योजना छ ।”

आलु प्याकेजिङ गरेर कोहलपुर कोल्डस्टोरमा लैजाने तयारी भएको अर्का किसान भीम महरले बताउनुभयो । “केही किसानले कोहलपुर त केही किसानले कैलालीको पहलमानपुर कोल्डस्टोरमा लैजाने तयारी गरिरहनुभएको छ”, महरले भन्नुभयो, “आलुका लागि श्रीलङ्का निकै लाभदायक बनेको छ । अब त्यहाँका किसानका लागि आलु खेती महत्वपूर्ण बन्नेछ ।”

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई आलुको बीउ तथा उत्पादन भएको तरकारीको भण्डारणका साथै ढुवानीमा सहयोग गर्न थालेपछि किसानले तरकारी खेतीमा भविष्य देखेका छन् । साउँदले आलु खेती मात्रै नभई २३ बिघामा गहुँ खेती पनि गर्नुभएको छ भने त्यहीँ मात्रामा मकै खेती समेत विस्तार गरेको उहाँ बताउनुहुन्छ । उहाँले आलु खेतीमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने भन्दै त्यसका लागि भारतिय तरकारीलाई विस्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।

यतिबेला स्थानीय किसानले भारतीय तरकारीको आयात रोक्नुपर्ने माग गर्दै आएका छन् । भारतबाट आउने तरकारीले स्थानीय उत्पादनलाई विस्थापित गर्दै आएको बताउँदै त्यसले किसानलाई कृषिबाट टाढा गर्न खोजेको स्थानीय कृषक रामबहादुर चौधरी बताउनुहुँन्छ । उहाँले भारतीय तरकारी भन्दा स्थानीय उत्पादन केही महंगो हुने गरेको बताउँदै बीचका विचौलियाले स्थानीय उत्पादनलाई हतोत्साहित गर्ने काम गरेको बताउनुभयो । “उत्पादन राम्रो छ तर बजारको निकै समस्या छ । मौसममा उत्पादन भएको वस्तुबाट लगानी उठाउनै मुस्किल हुन्छ”, चौधरीले भन्नुभयो, “त्यसको मुख्य कारण भनेको भारतीय तरकारी हो । स्थानीय उत्पादनलाई सरकारले स्थापित गर्न सक्यो भने कृषिप्रतिको आकर्षण अझै बढ्ने छ । आशा छ समुहमा जनप्रतिनिधि पनि जोडिएको हुँदा त्यसको समाधान हुन्छ ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।