राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा पूर्व मन्त्री सुनिल वहादुर थापा नियुक्त
धनकुटा । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा पूर्व मन्त्री सुनिल वहादुर थापा नियुक्त हुनु भएको छ ।
कांग्रेसका केन्द्रिय कार्य सम्पादन समिति सदस्य समेत रहेका थापा राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकार बन्नुभएकोमा नेपाली कांग्रेस धनकुटाले बधाई ज्ञापन गरेको छ ।
उहाँलाई पार्टीका जिल्ला सभापति दिनेश राई,उपसभापति निर्मल ओझा,सचिव विजय सन्तोषी राई,पूर्व महासमिति सदस्य असित नर सिंह थापा,विद्यार्थी नेता बिर्मशमान अमात्य लगायतले बधाई ज्ञापन गरेका हुन् ।
कांग्रेस धनकुटाको टोली सँगको बधाई आदान प्रदानको क्रममा बोल्दै राष्टिपती पौडेलको नवनियूक्त प्रमुख राजनीतिक सल्लाहकार पूर्व मन्त्री थापाले जिल्लाको विकासर र समृद्धीका लागि सधै निरन्तर लागिरहने वताउनु भएको छ ।
त्यस्तै धनकुटाका थापा राष्ट्रपतिको सल्लाहकारमा नियुक्ति हुनु जिल्लाकै लागि गौरव र अवसर भएको नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भएको छ ।


