एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने

काठमाडौँ, २३ चैत (रासस) : एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो ।

त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले राससलाई जानकारी दिनुभयो ।

“विवाह अघि जन्म भएको तर पितृत्व ठेगान नभएको बच्चा भएको एकल महिलाको विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न सकिनेछ”, विभागले भनेको छ ।

विभागले विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चाको मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गर्न सकिने जनाएको छ ।

माथिका दुई व्यवस्था अनुसार बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्ने विभागले जनाएको छ ।

माथिको अवस्थाबाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली (संसोधनसहित) २०७७ र विभागको यसअघिको परिपत्रअनुसार गर्नुपर्ने भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।