पुरुषको साथ पाएपछि धनकुटाका महिलाले पनि बजाउन थाले नौमती बाजा (भिडियो सहित)
धनकुटा छथरजोरपाटी गाँउपालिका चार नाम्जाङ्गका बासिन्दा हिजोआज गाउँघरमा हुने हरेक शुभकार्यमा नौमती बाजा बजाउँछन् । यहा पुरुष मात्रै हैन महिला पनि पुरुषको साथमा नौमती वाजा बजाउन पछि पदैनन् । यो बाजा बजाउने कारीगढ अभावका कारण पछिल्लो समय गाँउघर वाट यो वाजा लोप हुदै गएका छन् । तर यहाका स्थानिय भने यसैको संरक्षणमा लागि परेका हुन् ।
नाम्जाङका पुरुष र महिला विभिन्न उत्सव, मेला, पर्व, विवाह, व्रतवन्ध लगायत विशेष कार्यमा नौमती बाजा बजाउने गर्छन् । उनीहरु नौमतिवाजा संरक्षण समितिनै गठन गरेर लागि परेको छन् । नौमती वाजा संरक्षणको लागि गाँउका तिन समुह जुटेका छन् । ति तिन क्लवमा आवद्ध सदस्यहरु १५ दिने नौमति बाजा बजाउने तालिम समेत लिएका छन् ।
नेपाली कला सस्कृतिको जर्गेना सहित नौमती बाजा संरक्षण गर्ने उदेश्य गर्न यो अभियान थालिएको हो । नौमति बाजा भित्रका बजाउन महिलाहरुलाई जिम्मा दिइएको छ । यस अन्तरगत ट्याम्को वागदल, समया, झ्याम्टा लगायत हलुका बाजा महिलालेनै बजाउने गरेका छन् त्यस्तै नर्सिङ्गा जस्ता महलिाले बजाउन नसक्ने वाजामा भने पुरुषले साथ दिने गरेका छन् । महिलाहरुले समेत वाजा बजाउन थालेपछि स्थानिय उत्साहित छन् ।
अझ रमाइलो पक्ष त वाजा राम्रो संग बजाउने कारीगढको रुपमा परिचित दमाइ जातिको यो गाँउमै बसोवास छैन । उनिहरुको अनुपस्थीतिमा अन्य समुदायका मानिसले यो बाजागाजा बजाउने गरेका छन् । यस्तो बाजा बजाउन दलित समुदायकै मात्र आबश्यक्ता पर्छ भन्ने मान्यतालाइ तोड्दै सयको संरक्षण तर्फ लागेको स्थानिय अम्बर घिमिरे बताउनु हुन्छ ।
नामजाङ्गबासीले झै अन्य क्षेत्रका बासिन्दा पनि यस्ता कला संकृती संरक्षण तर्फ लाग्न आबश्यक छ । जसले लोप हुनलागेको कला संस्कृति जोगाउन मदत गर्ने छ । कलाको कुनै सिमा हुदैन न जात हुन्छ न धर्मनै न त बर्गनै हुन्छ । त्यस्तैले त यहाका स्थानिय महिला पुरुष ब्राम्हण क्षत्री मगर गुरुङ्ग धनि गरिब केहि नभनी गुम्दै गएको कला संस्कृति जोगाउन लागि परेका छन् ।


