रास्वपा सभापति लामिछानेका चालक घाइते अवस्थामा फेला

चितवन, ४ वैशाख (रासस) :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक घाइते अवस्थामा फेला पर्नुभएको छ । उहाँ आज बिहान भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेर घाईते हुनु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेको समयमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भएका ३९ वर्षिय शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेर घाईते हुनु भएको हो ।

उहाँको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै
काठमाडौँ, ४ वैशाख (रासस) :
कपन क्षेत्रमा बर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरु भएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो ।

कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नामाकरण भएर परामर्शदातामार्फत अध्ययन शुरु भइसकेको छ अध्ययनको निष्कर्षका आधारमा आबश्यक संरचना बनाउनुपर्ने छ ।”

त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इञ्जिनियर कुँवरले बताउनुभयो । ‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेष्ट’ लगायत कुन उपाय अवलम्वन गरेर डुबान न्यूनिकरण हुनसक्छ त्यो गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आवश्यक हुँदा सडक निर्माण पनि हुनसक्छ ।”

कपन–बुढानिलकण्ठ क्षेत्रमा अध्ययन शुरु भएपनि आवश्यक निर्माणको काम आगामी आवमा मात्रै हुने आयोजनाले जनाएको छ । चालु आवमा निर्माणका लागि बजेट बिनियोजन भइसकेको छैन । गत असोज महिनामा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो । “आगामी आर्थिक वर्षमा बजेट बिनियोजन भएपछि काम सुरु हुने उहाँको भनाइ छ ।

शङ्खमुलको दोभानबाट कपनसम्म धोबीखोलाको दुवैतर्फ करिडोर निर्माण गर्ने गरी शुरु भएको आयोजनाको कार्यक्षेत्र बिस्तार गरिएको हो । करिडोर निर्माण सकिँदै गर्दा कपन क्षेत्रको डुबानको समस्या समाधानको काम सोही आयोजनामार्फत अघि बढाउन लागिएको हो ।

उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्ययले काठमाडौँ महानगरपालिकाले २०५९ साल वैशाखमा धोबीखोला करिडोरको निर्माण शुरु गरेको थियो । विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालिन काठमाडौँ उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गर्दै आउनुभएको छ । पहिले झण्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना शुरु भएपनि पछिल्लो समयमा कार्यक्षेत्र बिस्तार गरिएको छ ।
—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖