लिम्बू समुदायको संस्कृति ‘जारी ’

काठमाडौँ, ७ वैशाख (रासस) ःयही वैशाख १ गतेदेखि प्रदर्शनरत लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको छ । जारी प्रथासँग सम्बन्धित चलचित्रमार्फत कवि÷कथाकार उपेन्द्र सुब्बा निर्देशक बन्नुभएको छ । ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको जानकारी काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा दिनुभयो ।

“महिला आँटिला र साहासिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मानविना बस्दैनन्”, निर्देशक सुब्बाले भन्नुभयो । महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने÷आत्म निर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रह समेत गर्नुभयो । “लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ”, निर्देशक सुब्बाले भन्नुभयो, “कथा त जारीकै हो । तर हामीले युप्पारुङको महत्वबाट देखाएका छौँ । जारी राख्दा सजिलै बुझ्ने भएकाले नाम त्यो राखिएको हो ।”

अभिनेता दयाहाङ राईले कथा पढ्दा नै उत्कृष्ट चलचित्र बन्ने विश्वास जागेको जानकारी दिनुभयो । “मेरो पात्रबारे कथामै स्पष्ट थियो । मेरो पात्र मायालु, रिसाहा, जिम्मेवार सबै छ । त्यसैले यो सम्पूर्ण भाव एउटै दृश्यमा ल्याउन सक्छु कि सक्दिन भन्ने पनि नलागेको होइन्”, अभिनेता राईले भन्नुभयो, “मेरो पात्रलाई जीवन्त बनाउन केही लिम्बू साथीसँग सल्लाह लिए, छलफल गरे । सांस्कृतिक हिसाबले पनि मलाई अभिनय गर्न धेरै सहज भयो ।”

अभिनेता राईले निर्देशक सुब्बासँग ‘कबड्डी’देखि नै सहकार्य गर्नुभएको थियो । त्यो समयमा पटकथाकारको दायित्व निर्वाह गर्दा नै निर्देशक सुब्बाले चलचित्र बनाउने योजना सुनाएको अभिनेता राईले सम्झिनुभयो । “एकैपटक लेखिएको पटकथा ल्याएर मलाई दिनुभयो । मैले उहाँले बनाउन खोजेको चलचित्रलाई कथामा स्पष्ट देखेँ । मलाई यसमा काम गर्नुपर्छ भन्ने लागेर समय निकालेर गरेको हुँ”, उहाँले भन्नुभयो ।

अभिनेत्री मिरुना मगरले आफूभन्दा भिन्न जीवन बाँचेको बताउनुभयो । “मैले काम गरिरहेको चलचित्रको चरित्र र चाहना फरक थियो । म यो समूहले कथा लेखिएको पात्रलाई पर्दासम्म कसरी ल्याएर जीवन्त बनाउँछन् भन्ने सोच्थे र काम गर्ने इच्छा थियो”, अभिनेत्री मगरले भन्नुभयो, “बनावटी स्वरूपभन्दा यसमा प्राकृतिक सुन्दरतामा प्रस्तुत भएकी छु । पात्रलाई महशुस गरेँ । बुझ्न पाएँ ।”

अभिनेता विजय बरालले लिम्बू समुदायअनुसारको चरित्रमा तयार हुँदा केही कठिनाइ भएको बताउनुभयो । “म तराईको मान्छे, मधेस बुझेको छु । तर यहाँ लिम्बू देखिनु र बोल्नुपर्ने । मेहनत गरेर आफ्नो चरित्र तयार गरे। मलाई निर्देशक सुब्बाले सघाउनुभयो”, अभिनेता बरालले भन्नुभयो । बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्रले दर्शक प्रतिक्रिया पनि राम्रो बटुलिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।